
नेपाल फर्कन विमानस्थल जाँदै गर्दा मध्यराति यसरी परे उपरथी ढकाल हिज्बुल्लाहको आक्रमणमा
- फाल्गुन ४, २०८१ मा प्रकाशित

लेबनान । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्रसंघको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । आक्रमणमा बलको निवर्तमान उपकमाण्डरसहित दुई शान्ति सेना घाइते भए । हाल युद्धविराम भए पनि इजरायलविरुद्ध लड्दै आएको लेबननको हेज्बुल्लाह समूहको आक्रमणमा परी नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।
शनिबार दिउँसो नेपाली सेनाले जारी गरेको विज्ञप्तीमा ‘लेबननमा शान्ति स्थापनार्थ खटिएको संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक युनिफिलका डेपुटी फोर्स कमाण्डर उपरथी (मेजर जनरल) चोकबहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएको’ उल्लेख थियो । ‘घटनापश्चात उहाँलाई तत्कालै उद्धार गरी बेरुतस्थित युएन लेबल–३ हस्पिटल पुर्याइएको थियो,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालले उहाँ हाल खतरामुक्त रहेको जनाएको छ ।’
संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत युनिफिल नेपाली सेना सहभागी सबैभन्दा पुरानो मिसन हो। नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव कुमार केसीका अनुसार, उपरथी ढकाल सो मिसनमा दुई वर्षअघि डेपुटी कमाण्डरको रुपमा जिम्मेवारी सम्हाल्न गएका थिए । ‘उहाँ दुई वर्षे कार्यकाल सम्हालेर स्वदेश फर्कंदै हुनुहुन्थ्यो, त्यसक्रममा उहाँ सवार कन्भोय (गाडीको लस्कर) माथि आक्रमणकारीहरुले आक्रमण गरेछन्,’ प्रवक्ता केसीले भने, ‘घर फर्कने बेलामा यस्तो दुखद घटना हुनपुग्यो ।’
आक्रमणकारी समूहले गाडीलाई रोकी त्यहाँभित्र सवार रहेका उपरथी ढकाल र सुरक्षामा खटिएका चार जना नेपाली शान्ति सैनिकलाई बाहिर निकालेका थिए। त्यसपछि गाडीमा आगो लगाइयो, उनीहरुले उपरथी ढकालमाथि प्रहारसमेत गरे। आक्रमणका कारण ढकालको टाउकोमा चोट लागेको छ । संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरे । ‘लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ,’ आन्तरिक मन्त्री अहमद अल–हज्जरले शनिबार एक आपतकालीन सुरक्षा बैठकपछि पत्रकारहरूलाई बताए ।
‘यी बन्दीहरूले आक्रमण गरेका हुन् भन्ने होइन, तर यसको जिम्मेवार को हो भन्ने अनुसन्धानले देखाउँछ,’ उनले थपे । आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किदै गरेका नेपाली नागरिक तथा निवर्तमान फोर्स कमाण्डर चोकबहादुर ढकाल घाइते भए । साथै, लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले आफ्नो एउटा गाडीमा आगजनी गरेपछि छानबिन गर्न आग्रह गरेको छ ।
युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले एएफपीलाई दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए । प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा निन्दा गरे । लेबनानका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक जेनिन हेनिस–प्लास्चार्ट र युनिफिल कमाण्डर जनरल एरोल्डो लाजारोसँगको वार्तामा उनले दोषीहरूलाई पक्राउ गर्ने वाचा गरे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments