
नेपाल प्रिमियर लिग यो पटक ‘क्यान’ आफैले आयोजना गर्दै, लोगो सार्वजनिक
- भाद्र ४, २०८१ मा प्रकाशित

इटहरी । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ । क्यानले आज (सोमबार) साँझ होटल सोल्टीमा लोगो सार्वजनिक गरेको हो । खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका हुन् ।
लिगको मिति समेत सार्वजनिक गरिएको छ । क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ । क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफै आयोजना गर्न लागेको हो ।
यसअघि क्यानले दुई वर्षअघि नेपाल टी–२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो । तर सो लिग विवादित बन्नुका साथै म्याच फिक्सिङको समेत आशंका भएको थियो । यस पटक आफै आयोजना गर्न लागेको लिगमा क्यानले ६ टोली हुने जानकारी दिइयो छ । टोलीको स्वामित्व किन्नका लागि क्यानले यसअघि सूचना प्रकाशित गरेको थियो । जसमा विभिन्न कम्पनीले परियोजना प्रस्तुत गरेका छन् । अब क्यानले लिगको टोली घोषणा गरेपछि खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउनेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments