
नेपाल टस जितेर ब्याटिङ गर्दै
- चैत्र १२, २०७८ मा प्रकाशित
काठमाडौं: पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । पीएनजीलाई सुरुआतमा बलिङ निम्तो दिएको छ ।
शुक्रबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पीएनजीविरुद्ध ६ रनले पराजित भएको थियो ।
पीएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो ।
मध्यक्रमका ब्याटर रोहित पौडेलले १२६ रन सहित टोलीलाई जितनजिक पर्याए पनि नेपालले सुखद नतिजा भने ल्याउन सकेन ।
हालै युएईमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले युएईसँग दुवै खेल गुमाएको थियो भने पीएनजीलाई दुवै खेलमा हराएको थियो ।
सो भ्रमणमा देखिएको शीर्ष ब्याटर नटिक्ने समस्याले शुक्रबार पीएनजीविरुद्ध पनि निरन्तरता पाएको थियो । आज दोस्रो खेलमा पीएनजीको सामना गर्दा नेपाल शीर्ष क्रमका ब्याटर चलेको हेर्न चाहन्छ ।
यो शृंखलालगत्तै नेपालले पिएनजी र मलेसिया सम्मेलित त्रिकोणात्मक ट्वान्टी २० खेलको शृंखला आयोजना आयोजना गर्दैछ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments