
नेपाली राजनीतिमा तीन धार हुन्छ, कम्युनिस्ट केही समयमा समाप्त हुन्छ : बाबुराम भट्टराई
- चैत्र १०, २०७८ मा प्रकाशित
काठमाडौं: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने बताएका छन् । उनले उदारवादी लोकतन्त्र, कम्युनिस्ट ब्राण्ड (समाजवादी धार) र समावेशी लोकतान्त्रिक धार रहने बताए ।
कांग्रेसले उदारवादी लोकतान्त्रिक धारको प्रतिनिधित्व गर्ने उनको भनाइ छ । उनका अनुसार जति टुक्रा भए पनि कम्युनिस्ट पार्टीहरूको एउटा धार रहने र जसपाको नेतृत्वमा समावेशी लोकतान्त्रिक धार हुनेछ ।
तर, उनले कम्युनिस्ट धार केही रहने र जसपाले प्रतिनिधित्व गर्ने धार भविष्यमा ठूलो हुने दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है ! कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ । कम्युनिस्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ । अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो । जसपा त्यसको भ्रुण हो ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि विदेशी शक्तिहरूले नेपालमा दुई धारको पार्टी मात्र अस्तित्वमा रहनेगरीको खेल खेल्दै आएको टिप्पणी गरेका थिए ।
एमाले महासचिव शंकर पोखरेलले पनि नेपालमा कांग्रेसले प्रतिनिधित्व गर्दै पुँजीवादी र एमालेले प्रतिनिधित्व गर्ने समाजवादी धार मात्रै रहेको बताउँदै आएका छन् । यही पृष्ठभूमिमा डा. भट्टराईको अभिव्यक्ति आएको हो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments