
नेपाललाई सी, मोदी र पुटिनको शोक सन्देश- भूकम्पको खबरले स्तब्ध छौँ, सहयोग गर्न तत्पर छौँ
- कार्तिक १९, २०८० मा प्रकाशित

काठमाडाै । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो मात्रामा जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै नेपाललाई छिमेकी मुलुकसहित विभिन्न देशले शोक सन्देश पठाउने क्रम जारी छ। शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सैयौँ संख्यामा घाइते भएका छन्। करोडौँ बराबरको भौतिक संरचना क्षति भएका छन्।
सोप्रति दुःख व्यक्त गर्दै चीन राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देश पठाएका छन्।सीले आफ्नो सन्देशमा भनेका छन्, ‘नेपालको कर्णाली प्रदेशमा गएको भूकम्पका कारण ठूलो मात्रामा भएको मानवीय तथा भौतिक क्षति भएको सुनेर स्तब्ध भएको छु।’राष्ट्रपति सीले अगाडि भनेका छन्, ‘भूकम्पबाट पीडित नागरिकका समस्या हल गर्न तथा क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न नेपाल चाँडै सफल हुनेछ। र, नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार छ।’
शोक सन्देमा चिनियाँ राष्ट्रपति सीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि नेपालाई सहानुभूति सन्देश पठाएका छन्। राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सन्देश पठाउँदै यस दुःखद घडीमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले पीडित परिवार र प्रभावित क्षेत्रका बासिन्दाका लागि सहानुभूति प्रकट गर्दै उनीहरूको यो पीडाको घडीमा आफूहरूको साथ रहने वाचा पनि गरेका छन्।
उनले यस प्राकृतिक विपद्बाट प्रभावित सबैजना घाइतेहरूको पनि शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।प्रधानमन्त्री मोदीले सामाजिक सञ्चालमार्फत भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। साथै प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँग ऐक्यबद्ध रहेको उल्लेख गर्दै सम्भव भएसम्मका सहयोग गर्न तयार रहेको पनि जनाएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments