
नेपालको वैदेशिक व्यापारः २४ भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य, निर्यात शून्य रहेका नाकाबाट ४० अर्बको आयात
- चैत्र २५, २०७८ मा प्रकाशित
काठमाडौं: नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयत भने २४ वटै नाकाबाट निर्वाधरुपमा चलिरहेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिना (साउनदेखि फागुनसम्म)को अवधिमा १० वटा नाकाबाट एक रुपैयाँको वस्तु पनि पठाइएको छैन ।
भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सर्लाही, सुनसरी, तातोपानी र टाँडी सीमा भन्सार नाकाबाट पछिल्लो आठ महिनामा कुनै पनि वस्तु निर्यात हुन सकेको छैन । जबकी सोही अवधिमा ती नाकाबाट नेपालमा ३९ अर्ब ८४ करोड १५ लाख ४३ हजार रुपैयाँको वस्तु भित्रिएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयौको वस्तु आयात गरेको छ । सोही अवधिमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।
नेपालले भद्रपुर, भैरहवा, विराटनगर, विरगन्ज, ड्राइपोर्ट, गौर, जलेश्वर, जनकपुर, कैलाली, कञ्चनपुर, कृष्णनगर, महेशपुर, मेची, नेपालगन्ज, राजविराज, रसुवा, सर्लाही, सती, सिराहा, सुनसरी, सुथौली, तातोपानी, टाँडी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गरी २४ वटा सीमा भन्सार नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ ।
नेपालको निर्यात शून्य रहेका सीमानाकामध्ये भद्रपुरबाट ७७ करोड ७३ लाख १ हजार रुपैयाँ, गौरबाट १ अर्ब ४ करोड ५२ लाख ५५ हजार रुपैयाँ, जनकपुरबाट ८४ करोड ६७ लाख ३९ हजार रुपैयाँ, महेशपुरबाट १ अर्ब १२ करोड ४७ लाख २६ हजार रुपैयाँ, राजविराजबाट ११ करोड १० लाख ४४ हजार रुपैयाँ, रसुवाबाट १८ अर्ब ४७ करोड ५२ लाख ९४ हजार रुपैयाँ, सर्लाहीबाट ३ अर्ब ४२ करोड ९५ लाख ६७ हजार रुपैयाँ, सुनसरीबाट ४ अर्ब ८४ करोड २५ लाख ७५ हजार रुपैयाँ, तातोपानीबाट ९ अर्ब ६ करोड ६५ लाख ५५ हजार रुपैयाँ र टाँडीबाट १२ करोड २४ लाख ८७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।
चीनसँग सीमा जोडिएका दुवै नाका रसुवागढी र तातोपानीबाट निर्यातसुन्य रहेको छ ।
सबैभन्दा बढी आयात–निर्यात विरगन्जबाट
नेपालका २४ मध्ये सबैभन्दा ठूलो वैदेशिक व्यापार विरगन्ज नाकाबाट हुने गरेको भन्सार विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा विरगन्ज नाकाबाट ४ खर्ब ६३ अर्ब ३४ करोड ७२ लाख ७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । सोही समयमा विरगन्ज नाकाबाट ६६ अर्ब ३६ करोड २ लाख ८३ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।
नेपालको कूल आयात व्यापारमध्ये ३५.४० प्रतिशत विरगन्ज नाकाबाट हुने गरेको छ । यस्तै, कूल निर्यात व्यापारको ४४.९२ प्रतिशत विरगन्ज नाकाहुँदै हुने गरेको छ ।
नेपालले दोस्रो ठूलो आयात भैरहवा नाकाबाट गर्ने गरेको छ । बितेका आठ महिनामा भैरहवा नाकाबाट नेपालमा २ खर्ब ६ अर्ब ७५ करोड ४५ लाख ९३ हजार रुपैयाँको वस्तु भित्रिएको छ ।
यस्तै, चालु आर्थिक वर्ष सुरु भएयता विराटनगरबाट १ खर्ब ४८ अर्ब ५६ करोड ८६ लाख २६ हजार रुपैयाँ, ड्राइपोर्टबाट १ खर्ब ४६ अर्ब ५५ करोड ४३ लाख ४३ हजार रुपैयाँ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ५७ अर्ब ७३ करोड २० लाख ५७ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments