
नेपालकाे इतिहासमै पहिलाे पटक इटहरीमा एशियन सुटिङबल च्याम्पियनसिप हुने
- माघ ११, २०८१ मा प्रकाशित

इटहरी। नेपालको इतिहासमै पहिलो पटक सुनसरीको इटहरीमा एशियन सुटिङबल च्याम्पियनसिप हुने भएको छ। आगामी माघ १७ गतेदेखि १९ सम्म सो खेल हुने भएको हो। एशियन सुटिङबल फेडेरेसनका पदाधिकारीहरूले सो खेलको विषयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै विविध जानकारी दिए।
वर्ल्ड कपमा नेपालको शानदार उपस्थिति संगै उत्कृष्ट नतिजा ल्याएपछि यस खेललाई नेपालमा भित्र्याउने जमर्को स्वरूप पहिलो पटक इटहरीमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जनाइएको छ। नेपाली महिलाले देखाएको प्रतिभालाई सम्मान स्वरूप यो खेलको प्रोत्साहनकै लागि इटहरीबाट सुरुवात गर्न लागिएको हो। प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र यूएईका महिला तथा पुरुष टोलीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो।
आयोजक देश नेपालले महिला र पुरुष दुवै समूहमा ‘ए’ र ‘बी’ गरी चार टोलीलाई प्रतिनिधित्व गराउने र प्रतियोगिता इटहरीको कस्तूरी एकेडेमीको खेल मैदानमा हुने जनाइएको छ। यस च्याम्पियनसिपको उद्घाटन माघ १८ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने पनि पत्रकार सम्मेलनमा बताइएको छ। प्रतियोगिताको स्वागत तथा झन्डोत्तोलन कार्यक्रम माघ १७ गते साँझ इटहरी नगर प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा हुने जनाइएको छ। समापन तथा पुरस्कार वितरण भने माघ १९ गते कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने एशियन सुटिङबल फेडेरेसनका उपाध्यक्ष केशव विष्टले बताए।
इटहरीलाई खेलकुद नगरी बनाउन र अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न भइसकेको सुटिङबलको प्रवर्द्धन संगै प्रचारप्रसार गर्न यो खेललाई प्राथमिकतामा राखेर पहिलो पटक एसियन राष्ट्रस्तरीय खेलकुद प्रतियोगिता इटहरी ल्याइएको फेडेरेसनका उपाध्यक्ष विष्टले बताए।
पाँच देशका झन्डै दुई सय खेलाडीहरूको सहभागिता रहने यस प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, ओलम्पियनहरू र अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहने उपाध्यक्ष विष्टले बताए। खेलकुदसँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने एशियन सुटिङबल फेडेरेसनका महासचिव जिचेन्द्र तोमारले बताए। नेपाल सुटिङबल संघका महासचिव रविन्द्र तोमारले यो च्याम्पियनसिपलाई कोशी प्रदेश, सुनसरी जिल्ला र इटहरीको खेलकुद विकासका लागि ऐतिहासिक अवसर भएको बताएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २४, २०८२कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
-
ताजा बैशाख २४, २०८२भारतको पाँच वटा फाइटर जेट खसालेको पाकिस्तानको दाबी
-
ताजा बैशाख २४, २०८२पाकिस्तानमा भारतको हवाइ आक्रमणपछि अहिलेसम्म के–के भयो ?
-
ताजा बैशाख २४, २०८२पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन
-
ताजा बैशाख २४, २०८२धितोपत्र बोर्डले जलविद्युत आयोजनाहरुसँग कमिसन मागिरहेको माओवादीको आरोप
Comments