
भोक्राहा–नरसिंह गाउँपालिका ७ मा नेकपा एसको वडा कमिटी गठन
- फाल्गुन २७, २०७८ मा प्रकाशित
इनरुवाः सुनसरीको भोक्राहा–नरसिंह गाउपालिका ७ नम्बर वडामा नेकपा एकिकृत समाजवादीको अध्यक्षमा सुरेन उराँव चयन भएका छन ।
बिहिवार नरसिंहमा आयोजित वडाभेलाले सुरेन उराँवको अध्यक्षतामा ७५ सदस्य वडा कमिटी गठन गरेको हो । नेकपा एसका भोक्राहा–नरसिंह गाउपालिका अध्यक्ष जावेद आलम अन्सारीका अनुसार नवगठित कमिटीको उपाध्यक्षमा पार्वति साह, लक्ष्मण मेहता, सचिवमा धिरेन मण्डल उपसचिवमा सुर्यनारायण मण्डल र दामोदर यादव रहेका छन ।
भेलामा नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा सुनसरी इन्चार्ज महफुज आलम अन्सारी, केन्द्रिय प्रतिनिधि परिषद सदस्य किरण कार्की, सुनसरी अध्यक्ष गोविन्द तिम्सीना, प्रदेश सदस्य तिर्थ अधिकारी, जिल्ला सचिव बसन्त सुवेदी, जिल्ला सदस्यहरु प्रकाश कार्की, कदमलाल उराँव, दिनेश साह, चन्देश्वर मेहता, कलिम अन्सारी, बच्चालाल यादव, जगदिश मेहता, पेशल नेपाल, दुर्गा भुजेललगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न दल परित्याग गरि १ सय भन्दा बढी नेता कार्यकर्ताहरु नेकपा एसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई नेकपा एसका पोलिट व्युरो सदस्य महफुज आलमले अविर टिका लगाएर स्वागत गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments