
नेकपा एसका कार्यकर्ता एमालेमा प्रवेश
- बैशाख २१, २०७९ मा प्रकाशित
सुन्दरहरैंचाः स्थानीय तहको निर्वाचनको माहोल बनेसँगै नेकपा एकीकृत समाजवादीका नेताहरु नेकपा एमालेमा फर्किन थालेका छन् ।आज सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ६ मा आयोजित घरदैलो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु खुलेर एमालेको घरदैलो कार्यक्रममा सहभागी भएका हुन् ।
ठूलो संख्यामा रहेका एकीकृत समाजवादीका समर्थकहरु खुलेर नआए पनि सूर्यमा छाप हान्न तयार देखिएका छन् । केही नेताहरु एमालेमा फर्किएका छन् भने केही फर्कने तयारीमा छन् । एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य नरेन्द्र बस्नेत एमालेमा फर्किएका हुन् । त्यस्तै, जिल्ला कमिटी सदस्य नगेन्द्र सुवेदी, लक्ष्मी खतिवडा तथा नगर कमिटी सदस्य दलबहादुर निरौला एकीकृत समाजवादी त्याग गरी पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् । उनीहरु सबै वडा नम्बर ६ को घरदैलोमा सक्रिय रुपमा सहभागी हुँदै एमालेमा फर्किएको बताएका हुन् ।
उनीहरुका अनुसार एकीकृत समाजवादीका जिल्लास्तरका धेरै नेता नै एमालेमा आउन इच्छुक छन् । उनीहरुले एमालेका नेतासँग केही चरणको वार्ता गरिसकेका छन् । केही चरणको बैठक सम्पन्न भएपछि ठूलो संख्यामा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा फर्किने भएका हुन् । एकीकृत समाजवादी कम्युनिष्ट पार्टी नै सिध्याउने खेलमा लागेकाले आफूहरु एमालेमै फर्कन चाहेको उनीहरुको भनाइ छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments