
नेकपा एसका कार्यकर्तालाई झलनाथ खनालको प्रशिक्षण
- चैत्र ३०, २०७८ मा प्रकाशित
इटहरीः नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनालले आफुलाई प्रशिक्षण कार्यक्रममा बोलाएर प्रमुख अतिथी नबनाउन आयोजकलाई आग्रह गरेका छन् ।
नेपाल बुद्धीजिवी परिषद् समाजवादी, एकिकृत प्रगतिशील प्राध्यापक संगठन र प्रगतिशील राष्ट्रिय शिक्षक संगठन प्रदेश एकको सयुक्त आयोजनामा मंगलबार इटहरीमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनालले आफुलाई प्रमुख वक्ताको रुपमा सुन्न चाहानले पहिल्यै समय छुटाइदिन र प्रशिक्षण कार्यक्रममा बोलाएको बेला कहिल्यै प्रमुख अतिथी नबनाउन आग्रह गरे ।
कार्यक्रममा बोलाइएका बिभिन्न अतिथीहरुलाई उद्घोषकले बारम्बार स्वागत सम्मान गरेको तर्फ इंकित गर्दै पुर्व प्रद्यानमन्त्री समेत रहेका नेता खनालले औपचारिक कार्यक्रमहरुमा पुरातन शैलीलाई परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए । अतिथीहरुलाई सम्मान गरेरै कार्यक्रममा बोलाइने भएकाले फेरी फेरी स्वागत सम्मानका नाममा कार्यक्रमको महत्वपुर्ण समय खेर फालिनु नहुने नेता खनालको भनाई थियो ।
“ हामी सबै सम्मान पुर्वक बसेकै छौँ नि हैन र ?” खनालको प्रश्न थियो । नेपालको समृद्धी र समावजवाद प्राप्तीको लागि सम्पूर्ण कलमजीबी बर्ग एक हौं भन्ने मूलनाराका साथ नेकपा एस निकट बुद्धीजीबीहरुले आयोजना गरेको कार्यक्रममा उपस्थित प्रद्यापक, शिक्षक र बुद्धिजिवीहरुलाई नेता खनालले नेपालको माटो सुहाउँदो समाजवादका विषयमा प्रशिक्षीत गरेका थिए ।
पार्टी निकट बुद्धिजिवीलाई नेता खनालले एमाले र केपी ओलीको विरोधमा भन्दा पार्टीको राजनितिक विचार र सिद्धान्तको छुरा चलाएर जनतामा जाने वातावरण बनाउन आग्रह गरे । पार्टीपङत्तीमा नाता गोतालाई प्राथमिकता दिने काम बन्द गर्न र पार्टीमा योगदानका आधारमा अबसरहरु सिर्जना गर्न सम्बद्धका नेताहरुलाई खनालले निर्देशन समेत दिए । स्थानीय चुनाबमा गठबन्धन दलभित्र कुनै समस्या नरहेको बताउँदै पुर्व प्रद्यानमन्त्री खनालले महानगर, उपमहानगरको मेयर र उपमेयर केन्द्रले टुगोँ लगाउने र बाँकी वडाहरुमा जिल्ला कमिटिले उम्मेद्धवारको टुगो लगानउने बताए ।
नेपाल बुद्धीजीबी परिषद् समाजवादीका केन्द्रीय उपाध्यक्ष उद्धब पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्राध्यापक डाक्टर कैलाश राईले स्वागत गरेका थिए भने बुद्धीजीबी डा. दिवाकर रेग्मीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा नेकपा एसका प्रदेश अध्यक्ष तथा त्रियूगा नगरपालिका उदयपुरका मेयर बलदेव चौधरी,प्रगतिशील शिक्षक संगठनका उपाध्यक्ष हिक्मत बस्नेत,प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा एसका केन्द्रिय सचिब राजेन्द्र राई, १ नम्बर प्रदेशका संचार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे लगायतका बक्ताहरुले शुभकमना व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments