
निहारिका प्रकरण : डिएनए परीक्षण गर्न उच्च अदालतको आदेश
- भाद्र ९, २०७९ मा प्रकाशित
जनकपुर । आफूमाथि बलात्कार भएको दाबी गर्दै त्यसबाट जन्मिएको बच्चाको डिएनए परीक्षणको माग गरिरहेकी निहारिका राजपूतको मागअनुसार नै उच्च अदालत जनकपुरले आदेश दिएको छ । उच्चले आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले यस्तो आदेश दिएको हो ।
अब राजपूतको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परिक्षण गरिनेछ । आदेशमा श्रेष्ठ र पीडितका छोरालाई उच्च सरकारी वकिल कार्यालय, जनकपुरमार्फत राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाई बच्चाको आमा र पीडितको रोहबरमा डीएनए परीक्षण गराई परीक्षण प्रतिवेदन प्राप्त भएपछि पेश गर्न भनिएको छ ।
श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा राखेको छ । र उनले डीएनए परीक्षण गर्न आफू तयार रहेको बताएका छन् ।आफ्नो शिशु र आरोपित श्रेष्ठको डीएनए परीक्षण हुनुपर्ने माग राखी राजपुत अनशन बसेकी थिइन् । माग सम्बोधन हुने आश्वासनपछि उनले अनशन तोडेकी हुन् ।
जिल्ला अदालत धनुषाले बलात्कार मुद्दाका आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो । सफाइ दिने न्यायाधीश पर्शुराम भट्टराई छानबिनका क्रममा सर्वोच्च अदालतमा तानिएका छन् ।जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिल उच्च अदालत जनकपुरमा गएको थियो । त्यही मुद्दा सुनुवाइका क्रममा उच्च अदालतले डीएनए परीक्षणको आदेश दिएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments