
निर्वाचन आयोगलाई केपी ओलीको प्रश्न- मतदाता पत्रकाे रङ किन हरियो राख्ने ?
- फाल्गुन २४, २०७८ मा प्रकाशित
काठमाडौं: एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रकाे रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताए ।
‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’
एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको भन्दै उनले एमालेविरुद्ध गरिएका कार्य सच्याउन अध्यादेशबाट पनि सकिने बताए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments