
निर्वाचनमा राप्रपाकाे नपत्याउदाे छलाङ : प्रदेश १ समानुपातिकमा ३ गुणाले बढ्याे मत
- मंसिर १९, २०७९ मा प्रकाशित
इटहरी । २०७४ सालको तुलनामा झण्डै १ लाख ६२ हजार ५२२ बढी मत सदर हुँदा प्रदेश १ मा २०७९ को निर्वाचनमा भने चार ठूला पार्टीले पहिलेको जति पनि मत ल्याउन सकेनन् ।२०७४ सालमा कूल सदर मत १७ लाख ३६ हजार ६२२ थियो । भर्खरै सम्पन्न निर्वाचनमा भने प्रदेशसभाको समानुपातिकमा खसेको कूल सदरमत १८ लाख ९९ हजार १४४ छ ।
यसमध्ये सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ । एमालेले २०७४ सालमा प्रदेशसभामा ६ लाख ७३ हजार ७०९ मत पाएको थियो । अहिले एमालेले पाएको मत ०७४ सालको मतभन्दा ८ हजार २४९ कम हो ।यस्तै नेपाली काँग्रेसले यो पटक ५ लाख ६२ हजार ९५६ मत पाएको छ । यो मत ०७४ सालको भन्दा २३ हजार २९० कम मत हो ।
०७४ सालमा काँग्रेसले ५ लाख ८६ हजार २४६ मत ल्याएको थियो ।माओवादी केन्द्रले पनि अघिल्लो निर्वाचनमा भन्दा यो निर्वाचनमा २५ हजार ५३६ कम मत पाएको छ । माओवादी केन्द्रले ०७४ मा २ लाख ६ हजार ७८१ मत पाउँदा भर्खरै सम्पन्न निर्वाचनमा भने १ लाख ८१ हजार २४५ मत मात्रै पाएको छ ।
यस्तै अघिल्लो पटक प्रदेशसभामा प्रत्यक्षमा १ र समानुपातिकमा २ गरी तीन सांसद रहेको चौथो ठूलो दल बनेको तत्कालिन संघीय समाजवादी र हालको जसपाले यो पटक झनै खुम्चिएको छ । जसपाले २०७४ सालमा ७० हजार ४५६ मत पाउँदा यो पटक त्यो भन्दा ८ हजार ७५३ कम अर्थात् ७१ हजार ७२३ मत पाएको छ । जसपाले यो पटक सांसद संख्या पनि जम्माजम्मी समानुपातिकबाट १ जना मात्रै पाउने निश्चित बनेको छ । प्रत्यक्षतर्फ उसले एक जना पनि जिताउन सकेको छैन ।
राप्रपाले भने अघिल्लो पटकको तुलनामा यस पटक सिट संख्यामा गुणात्मक छलाङ मार्ने देखिएको छ । अघिल्लो निर्वाचनमा १ जना सांसदको प्रतिनिधित्व गरेको राप्रपा यो पटक झण्डै आधा दर्जन सांसद प्रदेशसभामा उपस्थिति हुनेछन् । राप्रपाले २ जना सांसद प्रत्यक्षमा जित्दा समानुपातिक तर्फ भने अघिल्लो पटकको तुलनामा झण्डै तीन गुणा बढी मत ल्याएको छ ।
राप्रपाले ०७४ सालमा ५७ हजार ३४२ मत ल्याएको थियो । यो पटक भने त्यो भन्दा १ लाख ४१ हजार १६९ मत बढाउँदै उसले मतसंख्या झण्डै २ लाख पुर्याएको छ भने प्रदेशसभामा समानुपातिक मत पाउनेमा तेस्रो स्थान कायम गरेको छ । उसले माओवादी केन्द्रलाई उछिनेको हो । राप्रपाले समानुपातिक सिट संख्या ४ थप गर्दै प्रदेशसभामा ६ जनाको प्रतिनिधित्व गराउने भएको छ ।
यता अघिल्लो पटक भन्दा ४०८ मत बढाउँदै २६ हजार ५३१ मत पाएको भएपनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेशसभामा समानुपातिक सिट संख्या पाउने हकबाट वञ्चित भएको छ । उसले प्रदेशमा समानुपातिक सिट पाउनका लागि चाहिने १ दशमलव ५ प्रतिशत मत पुर्याउन नसक्दा उसको प्रतिनिधित्व नहुने भएको हो ।
यस्तै एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले भने प्रत्यक्षमा ३ र समानुपातिकमा एक सिट ल्याउँदै ४ जनाको प्रतिनिधित्व गर्ने भएको छ । समाजवादीका यसअघि १० जना प्रदेशसभा सदस्य थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
-
ताजा जेष्ठ ५, २०८२सकियो ‘सगरमाथा संवाद’ : जलवायु संकट समाधानका लागि २५ बुँदे साझा घोषणापत्र जारी
-
ताजा जेष्ठ ५, २०८२सुदूरपश्चिममा नाउपाका रामेश्वर चौधरी मन्त्री नियुक्त
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
Comments