
नाे पार्किङ पछिकाे इटहरी : घरभित्रै थन्किए निजी सवारीसाधन : बैंकका शाखा र व्यवसाय प्रभावित
- भाद्र १४, २०७९ मा प्रकाशित
इटहरी । इटहरीको मुख्य राजमार्ग देखि ३०० मिटरको दुरीसम्म नो पार्किङ नीति ल्याएपछि प्रभावकारी ढंगले कार्यानवयन गर्न माग गरिएको छ । नो पार्किङको पहिलो दिन इटहरीको मुख्य चौकमा मंगलबार बिहानै देखि ट्राफिक प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ । प्रहरीले निषेध गरिएको स्थानमा कुनै पनि सवारी साधनहरू पार्किङ गर्न दिएको छैन ।
बिगतका दिनहरूमा जथाभावि पार्किङले कुरूप बनेको इटहरी अहिले परबाटै फराकिलो देखिन थालेको छ । इटहरीको चारै दिशामा अहिले नो पार्किङको बोर्ड लगाइएको छ भने राजमार्ग संगै जोडेर बनाइएका घर धनीहरूले पनि सवारीसाधन भित्रै थन्काएर राखेका छन । इटहरीको तिन सय मिटरका क्षेत्रहरूमा पार्किङ निषेध गरेपछि यसको प्रत्यक्ष असर भने मुख्य चौकमा रहेका बैंकका शाखा , ठुला सपिङ कम्प्लेक्स र फाट्ट फुट्ट व्यवसायहरूमा देखिएको छ ।

बैंकिङ कर्मचारी देखि सेवाग्राहिहरू सम्मले तोकिएको क्षेत्रमा पार्किङ गर्न नपाएपछि त्यसको बिकल्प खोज्न सम्बन्धित निकायसंग माग गरेका छन । यता राजमार्ग संग जोडिएका ठुला भवन तथा सपिङ कम्प्लेक्स सञ्चालकहरूले पार्किङ स्थलको बिकल्प आफैले खोज्नुपर्ने इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले बताएका छन ।
सडकको मुख्य क्षेत्रमै पार्किङ गर्न नपाइने प्रष्ट प्रावधान स्वायत्त शासन नियमावली १ सय ४७ को अनुसूची १९ अनुसारको नीति कार्यानवयन तर्फ आफु अग्रसर रहेको बताए । मंगलबार उपमहानगर परिषरमा सर्वपक्षीय बैठक बोलाइ मेयर पौडेलले मुख्य राजमार्ग क्षेत्रदेखि ३०० मिटर समम कुनैपनि सवारीसाधनहरू पार्किङ गर्न नदिन निर्देशन जारी गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments