
नारी दिवसमा इसेवाको विशेष अफर, महिला उद्यमीसँग व्यवसाय सहकार्यमा तीन महिना छुट
- फाल्गुन २४, २०७९ मा प्रकाशित

भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्वजनिक गरेको छ।
अफर अन्तर्गत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवासँग सहकार्य (इन्ट्रिगेशन) गर्दा इन्ट्रिगेशन शुल्क लाग्दैन।
यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेशन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यै पनि इन्ट्रिगेशनको शुल्क लाग्ने छैन। यस अफरमा सहभागी हुन नारीहरूले तीन महिनाभित्र इसेवामा सम्पर्क गर्नुपर्ने हुन्छ।
यसैगरी नारी दिवसको दिन अर्थात् फागुन २४ गते (बुधबार) नारीहरूले इसेवा मार्फत एनटिसी तथा एनसेल मोबाइलको टपअप गर्दा फ्ल्याटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ। यसको लागि टपअप गर्दा प्रोमोकोड नारी (Naari) प्रयोग गर्नुपर्ने हुन्छ।
नारीहरूको सम्मानमा इसेवाले यस किसिमको छुट सुविधा ल्याएको कम्पनीले जनाएको छ।
इसेवाले हाल एन्ड्रोइडमा ५५ लाख र आइओसमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकहरूलाई एप्समार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत विभिन्न किसिमका सहजता ल्याएको छ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। हाल एक लाख ८५ हजार भन्दा बढी एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments