
नागाविरुद्ध आक्रामक बनिन् सामन्था
- चैत्र ९, २०७८ मा प्रकाशित
काठमाडौं: दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी आफ्नो व्यावसायिक जीवनका अलावा निजी जीवनलाई लिएर सामाजिक सञ्जालमा चर्चा परिचर्चाको पात्र बनिरहन्छिन् ।
गत वर्ष अभिनेत्रीले अभिनेता पति नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेपछि उनको चर्चा अझ बढेको छ । नागा र सामन्थाले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफूहरु अलग्गिने घोषणा गरेका थिए । यद्यपि सामन्थाले केही समयअघि मात्र त्यो पोस्ट हटाएपछि कतै उनीहरु पुनः मिल्न लागेका त होइनन् भन्ने अड्कलबाजी पनि गरिएको थियो ।
तर अहिले आएर त्यो अड्कलबाजीलाई सामन्थाले पूर्णविराम लगाइदिएकी छन् । उनले पूर्व पतिलाई इन्स्टाग्रामबाट ‘अनफलो’ गरेकी छन् । यतिमात्र होइन, उनले सामाजिक सञ्जालमा रहेको नागासँगको आफ्ना सबै तस्वीरलाई हटाएकी छन् ।
उनको यो कदमले उनी आफू जिन्दगीमा धेरै अगाडि बढिसकेको र पछाडि फर्केर हेर्ने सम्भावना कम रहेको सन्देश दिएकी छन् । यसअघि उनले नागासँगको विवाहमा आफूलाई नागाले दिएको विवाहको साडी पनि फिर्ता गरिदिएकी थिइन् । आफ्नो विवाहमा सामन्थाले नागाकी हजुरआमाको साडी लगाएकी थिइन् । जुन साडीलाई उनले फिर्ता गरेकी हुन् ।
सामन्था र नागाले आफ्नो चार वर्षे वैवाहिक सम्बन्धलाई गत वर्षको अक्टोबरमा टुंग्याएका थिए । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आफूहरु अबका दिनमा अलग्गै रहने घोषणा गरेका थिए ।
कामको कुरा गर्दा सामन्था पछिल्लोपटक फिल्म ‘पुष्पा’ को आइटम गीत ‘ओ अन्तावा’मा देखिएकी थिइन् । यसबाहेक उनी ‘यशोदा’, ‘अरेन्जमेन्ट अफ लव’ र ‘शकुन्तलम’मा देखिँदैछिन् । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments