
नागरिकता विधेयकबारे कानुनविदसँग छलफल गर्दै राष्ट्रपति
- बैशाख २४, २०८० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रोकिएको नागरिकता विधेयकप्रति चासो देखाएका छन् । उनले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकतासम्बन्धी विधेयकबारे चासो देखाएका छन् । शीतल निवासमै अड्किएको उक्त विधेयकको कानुनी हैसियत के हुने भन्नेबारे चासो राख्दै राष्ट्रपति पौडेलले कानुनविद्सँग छलफल गर्न लागेका हुन् ।
यसका लागि राष्ट्रपतिले आइतबार दिउँसो शीतलनिवासमा कानुनविद्हरुलाई छलफलका लागि बोलाएको शीतल निवास स्रोतले जानकारी दिएको छ । छलफल दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ ।
‘नागरिकता विधेयकको अवस्था के हो भनेर राष्ट्रपति ज्यूले चासो राख्नु भएको छ । यसबारेमा आज छलफलका लागि कानुनविद्लाई दिउँसो १ बजे बोलाइएको छ’, शीतलनिवास स्रोतले भन्यो, ‘अघिल्लो संसदबाट पारित भइसकेको विधेयक राष्ट्रपति कार्यालयमा छ । अब यसको कानुनी हैसियत के हो भनेर बुझ्न लाग्नु भएको हो ।’
शनिबार बसेको सत्ता गठबन्धनको बैठकले तत्कालीन भण्डारीले रोकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपतिले आज परामर्श थालेका हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments