•  ९ चैत्र २०८१
  •  7:28:21 AM

नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तको आज शपथ

- बैशाख ११, २०८२ मा प्रकाशित



इटहरी ।नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज (बिहीबार) पदको शपथ खाँदै छन्। एमालेबाट सांसद पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (वैशाख १० गते) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका हुन्‌ । अब आज उनलाई राष्ट्रपति आज अपराह्न ४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयका एक अधिकारीले जानकारी दिए ।

यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उनको स्थानमा पन्तलाई नियुक्त गरिएको हो। पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन् । ओलीको अघिल्लो कार्यकालमा पन्त उनका कटु आलोचक थिए । माधव नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा पार्टी विभाजनको विपक्षमा उभिएका थिए ।

Comments

सम्बन्धित खवर