
नयाँ वर्षमा मोटरहेडको ‘स्क्र्याच एण्ड क्याच अफर’ : के छ त्याे अफरमा ?
- चैत्र १६, २०७८ मा प्रकाशित
इटहरी ।नयाँ वर्ष २०७९ को अवसरमा मोटरहेडले ‘स्क्र्याच एण्ड क्याच अफर’ सञ्चालनमा ल्याएकोे छ । एड्भेन्चर सेग्मेन्टमा पृथक पहिचान बनाएको मोटरहेडको नेपाली आधिकारीक वितरक ‘एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.ली’ ले नायँ वर्षको अवसरमा ग्राहकहरुलाई लक्षित गरेर यो अफर ल्याएको जानकारी दिएको छ ।
यो अफर चैत्र १५ गतेदेखि आगामी २०७९ को वैशाख ३१ गतेसम्म सञ्चालन गर्ने एस.एल.आरले जानकारी दिएको छ । अफर अन्तर्गत मोटरहेडका बाईक खरीद गरेवापद् ग्राहकले सात हजारदेखि एक लाखसम्म स्क्र्याच गरि छुट पाउन सक्नेछन् । यो अफर अवधिभर खरीद गर्ने एक जना भाग्यशाली विजेताले दुई लाख सात हजार नौ सय नगद पुरस्कार पाउने छन् । मोटरहेडका देशैभर रहेका आधिकारीक वितरका शोरुमहरुबाट लिन सकिने छ ।
सधै नगद छुट भन्दा यस प्रकारको स्क्र्याच अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जानकारी दिएको छ । मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स÷सर्भिस÷स्पेयर को सुविधा सहित डिलर सञ्चालन गरिरहेको छ । साथै बिक्रिपछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारीक मर्मत केन्द«को पनि विस्तार गर्दै आएको जानकारी दिएको छ ।
। हाल मोटरहेडका वाइकहरु तीन लाख पाँच हजारदेखि अधिकतम् चार लाख ५५ हजारसम्म उपलब्ध रहेका छन् । सबैको पहुचमा रहेको मोटरहेड वाइकको यहि मुल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको कम्पिनीको विश्वास छ । ग्राहकसँगको सम्बन्धलाई अझ बढी नजिक बनाउन कम्पनीले बिक्रिमुलक कार्यक्रममा मात्र केन्द्रित नभई ‘कस्टोमर केयर डिपार्टमेन्ट’ पनि सन्चालनमा ल्याएको जानकारी दिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments