
नदीजन्य पदार्थ निकाल्न नियमविपरीत एक्साभेटर प्रयोग
- चैत्र ३, २०७८ मा प्रकाशित
कपिलवस्तु: कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत सुकवेल खोलामा एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालिएको छ । नगरपालिकाले ढुङ्गा, गिट्टी, मिस्कट र बालुवाका लागि मिसिन प्रयोग नगर्ने गरी ठेक्का दिएको खोलामा सम्झौताविपरीत मेसिन प्रयोग भएको छ । महाराजगन्ज नगरपालिका-६ का रामदयाल पासी प्रोप्राइटर रहेको ओम शान्ति कन्स्ट्रक्सने नियमविपरीत माल निकाल्दा सरोकारवाला निकाय चुप लागेर बसेका छन् ।
सो खोलामा सेटिङ मिलाएर एक्साभेटर प्रयोग गरिएको स्थानीयको आरोप छ । स्थानीयको सूचनाको आधारमा पत्रकारको सुकवेल नाकामा पुग्दा एक्साभेटर प्रयोग गरी टिपरमा मिस्कट लोड गरिएको प्रत्यक्ष देखिएको थियो । लु २ ख २५०८, लु २ ख ४३३६, रा १ ख १०४४ नम्बरको टिपरमा एक्साभेटर प्रयोग गरी मिस्कट लोड गर्दै गरेको भेटिएको थियो । सो खोला नगरपालिकाले ७७ लाख ७४ हजार चार सय रुपैयाँमा २२ पुस २०७८देखी आउँदाे जेठ मसान्तसम्मका लागि ठेक्का दिएको थियो ।
नदीमा मेसिनरी प्रयोग गरिए पनि पालिका र जिल्ला समन्वय समितिले अनुगमनमा चासो नदिएको स्राेतको दाबी छ । वन क्षेत्र भित्रकै सो वनमा मेसिनरीको प्रयोग हुँदा ठेक्का लगाएको शिवराज नगरपालिका मात्र नभई सोही कार्यक्षेत्रको गौतम बुद्ध डिभिजन वन कार्यालयको भूमिकासमेत शंकास्पद बन्न पुगेको छ ।
वन क्षेत्रमा रहेको सुकवेल खोलामै जेसिबीसहितको मेसिनरी प्रयोग गरिएकोबारेमा आफूहरूलाई जानकारी नभएको डिभिजन वन कार्यालय गौतम बुद्धका सहायक वन अधिकृत एजाज आलमले बताउँछन् । आफूहरूले सो क्षेत्रमा विशेष निगरानी गर्ने प्रस्ट्याउँदै वन क्षेत्रमा हुने नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन र निकासी रोक्न सबै पक्ष लागी पर्नुपर्ने आलमको तर्क छ ।
यता ठेक्का लिएको कम्पनीका सञ्चालक रामदयाल पासीले मिसिन प्रयोग गरिएको स्वीकार गरेका छन् । उनले ठेक्काको कबुलियतनामाको ८ नम्बर बुँदामा मेसिनरी प्रयोग गर्न पाउने उल्लेख रहेको दाबी गरे । तर, शिवराज नगरपालिकाका इन्जिनियर रामजी थापा नेपालीले ठेक्का सम्झौतामा मेसिन प्रयोग गर्ने नमिल्ने उल्लेख भएको बताए । बुँदा नम्बर ८ को विषयका बारेमा थापाले खोलामा मेसिन प्रयोग गर्ने उल्लेख नरहेको र नगरपालिकाले समेत कुनै स्वीकृति नदिएको स्पष्ट पारे । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments