
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरी कार्यालय पुगेका पूर्व गृहमन्त्री खाणलाइ सामान्य कागज गरेर छाडियाे
- बैशाख २६, २०८० मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसँग प्रहरीले बयान लिएको छ । सोमबार (आज) साँझ उनलाई प्रारम्भिकरूपमा सोधपुछ गरेर ‘बयान कागज’ गराई छाडिएको प्रहरी स्रोतले बतायो ।
काठमाडौं प्रहरी परिसरमा बोलाएर खाणलाई बोलाएर उक्त प्रकरकणबारे सोधपुछ गरी चाहेको बेला उपस्थित हुने खालको कागज गराइएको स्रोतले बतायो ।प्रहरी उच्च स्रोतले भन्यो, ‘घटनाको विषयमा आवश्यक सोधपुछ भयो, चाहेको बेला उपस्थिति हुने गरी कागज गराइएको छ’, स्रोतले भन्यो ।
नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्को हाइ प्रोफाइल व्यक्ति तानिन थालेपछि राजनीतिक दबाबमा परी अनुसन्धान कार्य प्रभावित भएको आलोचना भइरहेको छ ।चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले बस्याल थरका अनुसन्धान अधिकृतसँगको बयानमा बालकृष्ण खाण र पत्नी मञ्जु खाणको समेत नाम आएपछि बयान नै ‘होल्ड’ गरिएको थियो । अभियुक्तले बालकृष्ण खाणलाई ४ करोड ७५ लाख रूपैयाँ दिएको बताएका थिए ।
बयानको अडिओ रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेको थियो । त्यसपछि एक साता बयान होल्ड गरेर पुनः बयान लिइएको हो ।शेरबहादुर देउवापत्नि आरजु राणालाईलाई समेत पैसा बुझाएको भनेर गिरोहसँग भएको मोबाइल कुराकानीको अडियो पक्राउ परेकाले प्रहरीलाई दिएका छन् । यो अडिओबारे पनि प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एमाले अध्यक्ष ओलीले अहिले भइरहेको छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानसमेत साटफेर भएको भरपर्दो ‘सूचना शेयर’ गरेका थिए ।विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरूले बादल गृहमन्त्री भएका बेला काम नहुँदै सरकार ढलेपछि बालकृष्ण खाण गृहमन्त्री भएपछि सचिव टेकनारायण पाण्डेमार्फत काम अघि बढेको बयान दिएका छन् ।
ओलीले प्रचण्डसँगको भेटमा चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले दिएको बयान के भयो ? भन्दै त्यसको रेकर्ड मागेका थिए ।
बालकृष्ण खाण कसरी जोडिए ?
नक्कली शरणार्थी बनाउने गिरोहले काम फत्ते नगर्दै केपी ओली सरकार ढल्यो र रामबहादुर थापा ‘बादल’ सर्वोच्चको आदेशबमोजिम मन्त्रीबाट पदमुक्त भए । त्यसपछि बादलका सल्लाहकार इन्द्रजीत राईलगायत काम मिलाउँछौं भन्दै पैसा खाने गिरोह भागाभाग भयो ।
त्यसपछि पीडितहरुले अब डुबियो भन्दै विभिन्न ठाउँमा उजुरी दिने क्रममा गृह मन्त्रालयमा पनि दिएका थिए । २०७८ असार २८ गते परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए भने गृहमन्त्री बालकृष्ण खाण भए । खाण गृहमा आएपछि महेश्वर न्यौपानेको ठाउँमा गृहसचिव भएर टेकनारायण पाण्डे आए । गृहमा उजुरीसमेत परेको र केही व्यक्ति भेट्न गएपछि पाण्डेले यो प्रकरणबारे बुझ्न थालेको र आफूहरुले सबै जानकारी दिएर यो प्रकरणमा सघाउन आग्रह गरेको बयानमा उनीहरुले भनेका छन् ।
ठगी गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको बताए । उनीहरुले आफूहरु फसिसकेको भन्दै यो काम भएमा थप पैसा खर्च गर्ने बताए ।
खाणनिकट रहेका हाल कांग्रेसका एक सांसदले पनि काम मिलाउने भनेर केही रकम लिएको उल्लेख छ । ती नेतामार्फत मञ्जु खाणसम्म यो कुरा पुगेको थियो भने यो विषय आरजु देउवासम्म मिलाउनुपर्ने भन्दै गिरोहलाई दुहुनो गाई बनाउने खेल त्यस क्रममा चल्यो ।गिरोहको सदस्यबाट पैसा पाइने निश्चित भएपछि तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले मन्त्रालयबाट हुने प्रमाणीकरणको काम आफूले मिलाइदिने तर बाँकीको व्यवस्थापन उनीहरुले गर्नुपर्ने बताए ।
भण्डारीले बयानमा भनेका छन्, ‘त्यसका लागि मन्त्रीसँग पनि कुरा गर्नुपर्छ र मन्त्रीलाई पनि पैसा दिनुपर्ने कुरा सचिवले भने । गृह सचिवले नै मन्त्रीसँग कुरा गरेपछि हामीले थप पैसा दिएका हौं ।’स्रोतका अनुसार गृह सचिव पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर यो गिरोहको बाँकी काम फत्ते गर्न अनुमति लिएर रकम बुझ्न थालेका थिए ।
यसबीचमा पैसा उठाउनेमध्येका कतिपयले पनि पाण्डेलाई भेटेर काम हुने वा नहुने आधिकारिक जानकारी मागेका थिए । आफूहरुलाई दलाल गिरोहको भरोसा नरहेको भन्दै गजेन्द्र बुढाथोकी नामका एकजनाले गृह सचिव पाण्डेलाई भेटेर कन्फर्म गरेका थिए । पाण्डेकै आश्वासनपछि बुढाथोकी ढुक्क भएर आफन्त तथा चिनजानका मान्छेलाई अमेरिका जाने शीर्षकको पैसा नफस्ने बताएका थिए ।
यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गरेका थिए । प्रहरीले अहिलेसम्म संकलन गरेका तथ्यका आधारमा गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेका थिए । त्यही प्रयोजनका लागि विभिन्न किस्तामा पाण्डेले ५० लाख रुपैयाँ बुझेको पाइएको छ ।
सचिव पाण्डेमार्फत नै गिरोहका मुख्य नाइकेहरु केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर आश्वस्त बनेका थिए । दाङका सन्देशले आफूहरुले गृह सचिवमार्फत नै खाणलाई भेटेर सबै विषय जानकारी गराएको बयान दिएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments