
धान बेच्न नेपाल आउँछन् भारतीय
- बैशाख ११, २०७९ मा प्रकाशित
झापा: भारत बैरीयाका मनोजकुमार सिंह साइकलमा धान ल्याउँदै गर्दा गौरीगञ्ज-४ स्थित नेपाल-भारत सीमामा भेटिए । उनले साइकलमा करिब दुई सय किलाे धान बोकेका थिए । त्यो धान भारतमा उनी आफैँले उत्पादन गरेका हुन् ।
नेपालमा धान बिक्री गर्न आएका हुन्, मनोजकुमार । उनीहरूका लागि भारतीय बजार टाढा छ । भारतीय बजारमा धानको मूल्य पनि कम छ । नेपालतर्फ सीमा नजिकै राखिएको काँटामा उनीहरू धान लिएर आउँछन् । ‘यो हामीले नै फलाएको धान हो । हाम्रोमा भन्दा यहाँ भारु एक सय बढी आउँछ । त्यसकारण नेपाल नै धान लिएर आउँछौँ,’ उनले भने, ‘हामी साइकलमै धान ओसार्छौँ ।’
नाकामा प्राय: धान लिएर आउनेको लाइन नै हुन्छ । सशस्त्र प्रहरीले किसानले बिक्रीका लागि ल्याएको धान भनेर सहजै भित्र्याउन दिन्छ । ‘विगतदेखि नै कृषकले ल्याउने गरेका छन् । नाकामा सामान्य वारिपारका कृषकको समस्या बुझ्नुपर्छ,’ नाकामा ड्युटीमा रहेका एक सशस्त्र प्रहरी जवानले भने ।
कृषकलाई भारतमा बजार पनि टाढा पर्छ । भारतमा नेपालभन्दा पनि कम मूल्य रहेकाले नेपालतर्फ बिक्रीका लगि धान ल्याएको भारतीय नागरिक हरिहरप्रसाद सिंह बताउँछन् । ‘हाम्रो उताको बजार लान टाढा पनि छ । भाउ पनि राम्रो छैन,’ उनले भने, ‘नेपालमा ल्याउँदा क्वीन्टलको भारु १४ सयसम्म आउँछ । हाम्रै देशको बजारमा १३ सय भारु मात्र आउँछ । एक सय फाइदा हुन्छ । यसकै लागि हामी नेपालमा धान ल्याउँछौँ ।’
नाका नजिक नवदुर्गा धान खरिद बिक्री केन्द्र संचालन गरिरहेका जितेन्द्र दासले सीमावर्ती अधिकांश भारतीयले नेपालमै धान बिक्रीका लागि ल्याउने गरेको बताए । उनका अनुसार भारतभन्दा नेपालमा धानको मूल्य धेरै भएकाले कृषक नेपालतर्फ नै धान ल्याएर आउने गरेका छन् । ‘मेरोमा आउने धान ८५ प्रतिशत नेपालीले ल्याएका हुन्छन् भने १५ प्रतिशत धान भारतीयले ल्याएका हुन्छन्,’ उनले भने, ‘नेपालमै ल्याउन उनीहरूलाईसजिलो छ । भारतको भन्दा मूल्य पनि यता राम्रो छ ।’
यहाँ मात्र हैन झापाको अधिकांश सीमा क्षेत्रमा भारतीयले नेपालतर्फ आफ्ना उत्पादन बिक्रीका लागि ल्याउने गरेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments