
धरान १४ का राप्रपा उम्मेदवार भट्टराई आफ्ना काम देखाएर मतदाता रिझाउँदै
- बैशाख २२, २०७९ मा प्रकाशित
इटहरीः आसन्न स्थानीय तह निर्वाचनमा धरान–१४ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका कृष्ण प्रसाद भट्टराईले मतदाताले यस पटक पार्टी हेरेर नभई राम्रो व्यक्तिलाई छानेर मतदान गर्ने बताएका छन् ।
वडाको समग्र विकास गर्ने व्यक्ति जो कोही जनप्रतिनिधि भएर आए पार्टीले केही फरक नपर्ने मतदाताको अपेक्षा रहेको बताउँदै उनले पार्टी नभई धरान–१४ का मतदाताले विकास प्रेमी व्यक्तिलाई मतदान गर्ने दाबी गरे । धरान–१४ का मतदाता समेत रहेका मनोहरी तामाङले अहिलेसम्म धरान–१४ मा उठेका उमेद्वारहरुमा सबैभन्दा अब्बल प्रजातन्त्र पार्टीबाट १४ नं वडाध्यक्षको उम्मेदवार बनेका कृष्णप्रसाद भट्टराई रहेकाले उनलाई नै भोट दिने बताए ।
धरान–१४ का सुरज केसीले भट्टराईले कोरोना सङ्क्रमणका समयमा आफूहरूलाई गरेको सहयोग र विपत्ति परेको समयमा आफै लागेर घर निर्माण गरी वासस्थानको सुनिश्चित गरिएको स्मरण गर्दै उनले भने –‘धरान वडा नं। १४ मा कृष्णप्रसाद भट्टराई बाहेक अरूले यस पटक जित्ने सम्भावना छैन, उहाँ कुन पार्टीमा हुनुहुन्छ त्यो हामीलाई थाहा छैन, उहाँजस्तो व्यक्ति फेरि एक पटक वडालाई चाहिएको छ ।’ उनले सर्वसाधारणलाई समस्या परेको बेला साँझ बिहान केही नभनी सेवकको रूपमा कार्य गरेको बताउँदै यस्ता व्यक्तित्वलाई काँग्रेस जस्तो पार्टीले टिकट नदिएर ठुलो गल्ती गरेको बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments