
धरान –भेडेटार सडकखण्डमा दुर्घटना, एक जनाको मृत्यु
- बैशाख २, २०७९ मा प्रकाशित
इटहरीः धरान –भेडेटार सडक खण्डको देवीथान सडक खण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
धरानबाट भेडेटारतर्फ गइरहेको को १ ख ४४८० नम्बर को बसले को २ ह ७०४१ नम्बरको टेम्पोलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी टेम्पो चालक धरान १७ का खड्ग कामीको घटनास्थलमै मृत्यु भएको छ भने टेम्पोमा सवार ताप्लेजुङ्ग जिल्लाको लिखु गाउँपालिका २ कि १५ वर्षीया उषा लिम्बू घाइते भएकी छन् । घाइते लिम्बूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments