
धरान आउँदै पूर्व युवराज्ञी हिमानी शाह
- पुष २८, २०७९ मा प्रकाशित
धरान / लायन्स क्लब अफ पञ्चकन्याले शिक्षाका लागी एक रूपैया अभियान अन्तर्गत शुक्रवार धरान उपमहानगरपालिका १५ स्थित श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा बिध्यार्थीहरूकाे लागी स्टेसनरीका सामग्री लगायत लता कपडा लगायतका सामाग्रीहरू वितरण गरिने भएको छ । कार्यक्रममा हिमानी ट्रष्ट द्वारा ७५७ थान पानी शुद्ध गर्ने बोतल बितरण गरिने जनाइएकाे छ । अति निम्न आय भएका बिध्यार्थिहरूलाइ शिक्षाका लागी एक रूपैया अभियानबाट सङ्कलित रकमबाट स्टेसनरी लगायत बिभिन्न सामानहरू वितरण गर्ने लायन्स क्लब अफ पञ्चकन्याकी अध्यक्ष एकता श्रेष्ठले बताइन् । पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा सो सामाग्री वितरण गरिने अध्यक्ष श्रेष्ठले बताइन् ।
यसअघि लायन्स क्लब अफ पञ्चकन्याले विद्यार्थी बालबालिकाहरूलाई ५ हजार थान स्टेसनरी समानहरू वितरण गरिसकेको छ । क्लबले आफ्नो वान रुपिस फर एजुकेसन अभियान अन्तर्गत नेपाल बसोबास वस्ति संरक्षण समाज मातहतको सुकुम्वासी वस्तिमा बसोबास गर्ने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरूलाई स्टेसनरी समान वितरण गर्दै अाइरहेकाे छ ।

धरानका दन्तकाली सेकेन्डकी स्कुल, सयपत्री बाल विकास केन्द्र,नेपाल बसोबास बस्ती संरक्षण समाज, एच आई भि सङ्क्रमित , गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज लगायतमा स्थानहरूका ३६९ विद्यार्थीलाई २५०० कापी, कलम, पेन्सिल र इरेजर वितरण गरेको थियो । हाल सम्म कुल ५ हजार थान स्टेसनरी समानहरू वितरण गरिसकेको र यो कार्यलाल निरन्तरता दिने अध्यक्ष श्रेष्ठले बताइन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments