
धरानमा बराह सञ्चालक समिती र पिडितहरूबिच बार्ता : तत्काल रकम दिन सक्दैनाै भनेपछि खैलाबैला
- भाद्र १६, २०७९ मा प्रकाशित
धरान । भदौ १६ गतेदेखि पैसा फिर्ता गर्न शुरु गर्ने लिखित करारनामा गरेको सुनसरीको धरानस्थित बराह सहकारीका सञ्चालक र संघर्ष समितिबीचको वार्ता असफल भएको छ ।बराह पीडित संघर्ष समितिले आइतबार भएको वार्तामा भदौ १६ गते रकम वितरण गर्न नसक्ने कुरा बराह सञ्चालकले जानकारी दिएको बताएको छ ।
समितिले भदौ १६ गते नगद वितरण हुने अवस्था नदेखिएको भन्दै उक्त दिन हुलहुज्जत, गालीगलौज, झगडा वा तोडफोड नगर्न पनि आग्रह गरेको छ । साथै, कोही कसैले त्यस खालको घटना गराएमा संघर्ष समितिले जिम्मेवारी नलिने पनि जनाएको छ ।वार्ताको क्रममा सञ्चालकहरुले आफूहरु सुरक्षित हुने मनसायले संयुक्त विज्ञप्ती जारी गरौं भन्ने प्रस्ताव ल्याएको संघर्ष समितिका कार्यवहाक अध्यक्ष श्यामप्रसाद ढकालले जानकारी दिए । साथै, सञ्चालकहरुले बचतकर्ताहरुको पैसा ७÷८ वर्षमा तिरिसक्ने बताएको उनले बताए ।
सञ्चालकहरुले सबै जग्गा जमिन बैंकमा राखेर ऋण लिने प्रक्रियामा रहेको र एकै पटक सबै जग्गाजमिन फुकुवा गरिदिनु भन्ने दबाब दिएका छन् । तर, रकम भुक्तानी गर्ने आधार नदेखिएकोले वार्ता तत्काललाई स्थगित गरिएको पनि संघर्ष समितिको तर्फबाट वार्ता टोलीका संयोजक शंकर थापोले जानकारी दिए ।
बराह सहकारी सञ्चालकहरुले यसअघि भदौ १६ गतेदेखि रकम वितरण गर्ने लिखित करारनामा गरेका थिए । तर, केही दिन मात्र बाँकी रहँदा रकम वितरण गर्ने अवस्था नदेखिएको वार्ता संयोजक थापाले बताए ।
उक्त दिन कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी स्वयं बराह सहकारीका सञ्चालकहरुले लिनुपर्ने पनि सञ्चालक समितिले प्रष्ट पारेको छ । साथै, संघर्ष समितिले सहकारी ऐन २०७५ बमोजिम सहकारीलगायत सञ्चालकहरु, उनीहरुका परिवारसमेतको सम्पत्ति र लुकाईएको सम्पत्ति छानबिन गरी समस्याग्रस्त सहकारी घोषणा गर्न पनि माग गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments