
धरानको जंगलमा मृत भेटिएकी चुनकुमारीको हत्या, देवर–देउरानी र नन्द पक्राउ
- चैत्र २८, २०८१ मा प्रकाशित

इटहरी ।सुनसरीको धरान–६ स्थित पाँचकन्या जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी चुनकुमारी बुढाथोकीको हत्या भएको खुलासा भएको छ । पाँचकन्या जङ्गल रुखको फेदमा अडेस लागेको अवस्थामा मृत भेटिएकी बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा उनका देवर, देवरानीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका एक जना परिवारका सदस्य भन्दा बाहिरका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतकका देवर, देवरानी, नन्द र एक सहयोगी छन् । उनीहरूलाई प्रहरीले भाग्ने क्रममा बिहीबार राती झापा र मोरङबाट पक्राउ गरेको हो ।
घटनामा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरीले जनाइएको छ । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो १२ः३० बजेतिर अर्धनग्न अवस्थामा चुनकुमारी मृत भेटिएकी थिइन् ।
चुनकुमारीलाई फकाएर सो जङ्गल क्षेत्रमा पुर्याई हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । उनको घाँटी र शरीरका अन्य भागमा चोट देखिएको थियो । महालक्ष्मी–१ माइती भएकी चुनकुमारी विगत २ वर्षदेखि सुनसरी इटहरीको हलगडामा बस्दै आएको प्रहरीले जनाएको छ ।
उनका श्रीमान प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि कोरियामा रहेको प्रहरीले जनाएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ माइतीघर र वडा नं २ घर भएकी चुनकुमारी इटहरीको हलगडामा डेरामा बसेर छोरा पढाइरहेकी थिइन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments