
धरानकि १४ वर्षिया बालिका एक हप्तादेखि बेपत्ता , आफ्नै बाबाले बेपत्ता बनाएकाे आराेप
- जेष्ठ २०, २०७९ मा प्रकाशित
इटहरी । धरानबाट १४ वर्षिय बालिका विगत एक हप्तादेखि हराई रहेकोले खोजि गरिदिन अपिल गर्नुभएको छ । धरान–५ मा आमासँग बस्दै आएकी बालिका बुवाको घर जाने भनेर हिडेको केही दिनमा सम्पर्कविहिन भएको उनकी आमा अर्पना चेम्जोङले बताउनुभयो ।
बालिकाकी बुवा आमा विगत १०–१२ वर्षदेखि छुट्टाछुट्टै बस्दै आएको र बालिका आमासँग बस्ने गरेकी थिइन् । गत फागुन १५ गते बालिकाका बुवा हस्तबहादुर साम्बाले जन्मदर्ता ल्याइदिएर आएदेखि छोरी बुवासँग पनि जाने गरेको आमाले जानकारी दिनुभएको छ ।
बालिकाकी आमाले भन्नुभयो –‘एपेन्डिसको शल्यक्रिया गरेर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा रहदा उसको बाउले छोरी लगेछ, पछि अस्पतालबाट डिस्चार्ज भएदेखि छोरीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क गर्न नै दिनुभएन ।’
बुवाले स्कुटर किनिदिने, हजुरआमाको सुनको हार दिने प्रलोभन देखाएर छोरीलाई आफुदेखि लगेको आमा अर्पनाले बताउनुभयो । छोरी धरान–१९ स्थित आवर होम बोर्डिङ स्कुलको कक्षा ७ मा अध्ययरत थिइन् । बुवाले छोरीलाई फाइनल परिक्षा समेत दिनकालागी धरान नपठाएको र आफुले बारम्बार सम्पर्क गर्दा छोरीसँग फोनमा बोल्न नदिएको गुनासो आमाको छ । उहाँ भन्नुहुन्छ –‘पटक पटक मैले फोन गर्दा घरी छोरी बाथरुममा भएको, घरी घुम्न गएको भन्दै फोनमा बोल्न दिनुभएन ।’
अर्पना र हस्तबहादुर विवाह गरेको २/३ वर्षमा नै छुट्टीए । अर्पना छोरी लिएर माइतमा नै बसेर छोरीको लालन पालन गर्दै बसिन् । एक्कासी गत फागुन १५ गते छोरीको जन्मदर्ता लिएर छोरी खोज्दै हस्तबहादुर आइपुगेको अर्पनाले बताउनुभयो । छोरी पनि बाबासँग नजिकिए जस्तो गरेपछि अर्पनाले छोरीलाई बाबासँग आउजाउ गर्न रोक लगाउनुभएन ।
उहाँ भन्नुहुन्छ –‘छोरीले बाउसँग जान्छु १/२ दिन बस्छु भनेपछि मैले पनि रोकिन तर अहिले मेरो छोरी बेपत्ता बनाइदिए ।’ हस्तबहादुर कान्छि श्रीमतीसहित लारुम्बामा बस्छन् । हस्तबहादुरका दाजु पथरीमा बस्छन् । धरानबाट बुवासँग भेट गर्न पथरी स्थित ठूलो बुवाकोमा जाने गर्थिन् छोरी । स्कुलमा फाइनल परिक्षा आएको थियो ।
परिक्षा दिनकालागी भनेर छोरी लिन अर्पनाले धरानबाट मान्छे पठाउने भनेपछि उनका बुवाले छोरीलाई राती नै पथरीबाट लारुम्बा लगेको अर्पनाले बताउनुहुन्छ । बीचमा सम्पर्क गर्ने धेरै कोशिस गर्दा पनि छोरीसँग सम्पर्क हुन नदिएको उहाँको गुनासो छ । छोरी लारुम्बा र पथरी आउजाउ गरिन तर धरान आउन नदिएको अर्पनाको गुनासो छ ।
जेठ १३ गते छोरीको जन्मदिन रहेछ । जन्मदिन मनाउन धरान जाने भनेर पथरीबाट १२ जेठमा धरानको गाडी चढेको उनका ठूलोबुवा बताउछन् । त्यहीदेखि छोरी बेपत्ता भएकी छन् । सोधीखोजी गर्दा कतै नभेटिएको र प्रहरीमा उजुरी दिदा समेत छोरीको अत्तोपत्तो नभएको अर्पना बताउनुहुन्छ ।
‘१२ जेठपछि घरि सइ बोलेको छोरी नखोज भन्दै धम्कि आउछ, घरि तेरो छोरी बाहुनसँग पैला गयो भन्दै उसको कान्छि आमाले धम्कि दिन्छ । मेरो एकमात्र साहारा छोरी अहिले बेपत्ता बनाइदिए ।’ अर्पनालाई अहिले सहयाता दिने कोही छैन । जीवनको एकमात्र साहारा रहेकी छोरी पनि बेपत्ता भएपछि अहिले छोरी खोजि गरिदिन इलाका प्रहरी कार्यालय धरान लगायत सम्बन्धित ठाउँमा पुगिसकिन् । साथ दिने कोही नभेटेको बताउनुहुन्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments