
धरानका मेयर हर्क साम्पाङलाइ भेटेपछि सहरी बिकास मन्त्रीले भने तपाइ चाडै मन्त्रालय आउनुस !
- श्रावण १५, २०७९ मा प्रकाशित
इटहरी । सहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन्। धरान पुगेका सहरी विकास मन्त्रीको स्वागतमा मेयर साम्पाङले आफ्नै कार्यालयमा कार्यक्रम गरेका थिए।
‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ। त्यसमा उहाँको सबैभन्दा बढी इन्नोसेन्ट र कमिटमेन्ट पाउँछु’, आफ्नो स्वागत कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन्। हाँसोको विषय बनाउँछन्। तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि।’ हर्क साम्पाङबाट नेपाली समाजले मात्रै नभएर अन्यले पनि सिक्नुपर्ने भन्दै चौधरीले प्रशंसा गरे। ‘मेयर सा’वले सुरु गर्नुभएका सबै योजनामा पूरै सहयोग गर्नेछु।
खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन निम्तो गर्छु’, उनले भने।मन्त्रीको कुरा सुनेपछि मेयर साम्पाङ मुस्कुराएका थिए। चौधरीलाई मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आऊँ त मन्त्रीज्यू? मन्त्री चौधरीले पनि छिट्टै आउन आग्रह गरे। धरानको खानेपानी र बसपार्कको समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता पनि चौधरीले व्यक्त गरे।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments