
धनकुटा महोत्सको भीडमा च्यापिएर दर्जनबढी घाइते, ३ जना गम्भीर : महोत्सव स्थगित
- माघ १४, २०७९ मा प्रकाशित
इटहरी । धनकुटामा चलिरहेको महोत्सवमा अत्याधिक भीड बढेपछि च्यापिएर एक दर्जनभन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले मेलामा अत्याधिक भीड भएपछि उक्त घटना भएको जानकारी दिए ।
‘३÷४ जना मानिस घाइते भएको कुरा आएको छ,’ ज्ञावालीले भने, ‘केही गम्भीर छन्, उनीहरुलाई धनकुटा अस्पताल लगिएको छ ।’धनकुटा उद्योग वाणिज्य महासंघको आयोजनामा प्रादेशिक औद्योगिक व्यपार मेला तथा ५ औं धनकुटा महोत्सव चलिरहेको थियो । उक्त महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुती रहने कार्यक्रम थियो ।
धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममा मान्छेको अत्याधिक भीड लागेको थियो । यसैबीच पूर्व प्रदेश सांसद कुशुमकुमारी श्रेष्ठका अनुसार टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर महिला र बालबालिका घाइते भएका हुन् । घाइतेमध्ये कतिपयलाई धरानस्थित विपी कोइराला प्रतिष्ठानमा उपचारका लागि लगिएको र कतिपयलाई धनकुटा अस्पतालमै उपचार भइरहेको छ ।
मेला गत माघ ६ गते उद्घाटन भएको थियो । उक्त मेला १६ गतेसम्म संचालन गर्ने तयारी थियो । मेलामा सहभागी सरिता बराइलीका अनुसार केही मानिसको अवस्था गम्भीर रहेको आफूले देखेको बताइन् । धेरै संख्यामा मानिसहरु घाइते भएसँगै महोत्सव स्थगित गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments