
धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र
- माघ १, २०७९ मा प्रकाशित
धनकुटा । माघ ६ देखि १६ गतेसम्म धनकुटाको टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी पूरा हुने चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो ।
सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिनुभयो ।माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिनुभयो । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल रहने उहाँले जानकारी दिनुभयो ।
दैनिक विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’बाट गरिने तय भएको सङ्घका उपाध्यक्ष तारा तितुङले जानकारी दिनुभयो ।
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समापन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । महोत्सवमा रु पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments