
धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर लगाइयाे आगो , बालबाल बाचे वडाध्यक्ष
- मंसिर १८, २०८० मा प्रकाशित

धनकुटा । बाहिरबाट ताला लगाएर एक जना वडाध्यक्षको घरमा अज्ञात व्यक्तिले आगो लगाइदिएका छन् । गएराति धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगजनी गरिएको हो।
डाँडाखर्कस्थित आफ्नो घरमा परिवारका सबै सदस्यलाई भित्रै थुनेर लगाइएको उनले बताए । घरमा सुतिरहेको बेला ढोका बाहिर ताला लगाएर आगो लगाइएको वडाध्यक्ष गुरागाईँले बताए । राति १२ बजेपछि आगो लगाइएको उनको भनाइ छ ।
बरन्डाबाट हिँड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चाबी लगाइदिएर तल्लो तलाबाट आगो लगाइ दिएछन् ,’ वडाध्यक्ष गुरागाईँले भने, ‘धुवाँको मुस्लो आउन थालेपछि निस्कन खोज्दा बाहिरबाट ताला लागेको रहेछ । छिमेकीलाई बोलाएर झ्यालमा भर्याङ लगाएर ज्यान चाहिँ जोगायौँ ।’
तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुइटा ग्यास सिलिन्डर भेलागरी कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको उनले बताए । ‘किचनमा सिरक डस्ना र दुइटा सिलिन्डर एकै ठाउँमा भेला गरेर आगो लगाइएको रहेछ । माथिल्लो तलामा चढ्ने लिस्नो (भर्याङ) घर बाहिर थियो । लिस्नो घोप्टे बनाएका थियौं । हामी दिउँसो मुनिबाट घोप्टेमा ताला लगाउँथ्यौँ । हामीले नै प्रयोग गर्ने ताला लगाएर आगो लगाइएको रहेछ । तीन वटै कोठामा आगो लगाइएको रहेछ । तर धन्न हामी चाहिँ बाच्यौं ’वडा अध्यक्ष गुरागाईँले भने । घरमा गुरागाईँ दम्पति बस्ने गरेका थिए ।
प्रहरीले आगो लगाउने कार्यमा संलग्न रहेको हुन सक्ने आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको धनकुटा प्रहरीले जनाएको छ । ‘एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले भने ‘थप अनुसन्धान गरिरहेका छौं । वास्तविकता चाँडै खुल्छ ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments