
धनकुटामा यातायातका हाकिमलाई मोसो, लाइसेन्स वितरणमा घुस लिने गरेको आरोप
- माघ १२, २०७९ मा प्रकाशित
धनकुटा । यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दलेका छन्। घुस लिने गरेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताहरुले लुइँटेललाई मोसो दलेर दुर्व्यवहार गरेका हुन्।
पार्टीका धनकुटा संयोजक मोहन घलेले घटनापछि विज्ञप्ति निकालेर लुइँटेलले दलाल र विचौलिया प्रयोग गरेर कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा घुस लिने गरेको आरोप लगाएका छन्।
‘लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरबाट दलाल-विचौलिया प्रयोग गरी सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा प्रतिव्यक्तिय १० हजारदेखि १८ हजारसम्म घुस लिने गरेको प्रमाणित भएकाले चेतावनीस्वरु सांकेतिक कारवाही गरेका हौँ’, घलेले भनेका छन्।
घलेले सेवाग्राहीबाट लुइँटेलले घुस लिने गरेको कुरा जिल्ला संगठन समितिअन्तर्गतको न्यायिक समितिमा उजुरी आएको दाबी गरेका छन्। छानबिनका क्रममा घुस लिएको प्रमाणित भएपछि मोसो दलिएको उनको जिकिर छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments