
धनकुटामा भयाे कहालीलाग्दाे घटना : मध्यराति ६ वर्षकी छोरी छिमेकीलाई जिम्मा लगाएको परिवार बिहानै मृत फेला
- मंसिर ८, २०८० मा प्रकाशित

धनकुटा । धनकुटाको निगालेका टिकाराम गुरुङले मध्यराति ६ वर्षकी छोरी छिमेकीकोमा पुर्याए। राति पौने १ बजेतिर सोही घरको अर्को कोठामा डेरा बस्ने महिलाकोमा लगेर टिकारामले भनेका थिए, ‘बाहिर जानु पर्ने भयो, छोरी सुताइदिनुस्।’त्यसपछि उनले ६ वर्षकी छोरीलाई ती महिलाको कोठामा छाडिदिए। ती महिलाले उनकी छोरीलाई आफूसँग सुताइन्।
यसअघि पनि गुरुङ परिवार बाहिर हिँड्दा उनैकोमा लगेर छोरी राख्थे। ती महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार गुरुङ परिवारमा पटक पटक झगडा भइरहन्थ्यो।तर बुधबार राति भने त्यस्तो झगडा केही पनि सुनिएको थिएन।तर बिहीबार बिहान ६ वर्षकी छोरी उठेर आफ्नो कोठामा गइन्। उनले आमा र दाजु खाटमा सुतिरहेको देखिन्।
बुबा कोठामा झुण्डिएका थिए। टिनको टहरोको एकापट्टी गुरुङ परिवार र अर्कोतर्फ अरु नै डेरामा बस्थे। ती नाबालिका गएर आमा र दाजुलाई बोलाइन्। बोल्दै बोलेनन्। त्यसपछि अर्को कोठाकी महिलाकोमा पुगेर आमा र दाजु सुतिरहेको आफूले जति बोलाउँदा पनि बोल्दै नबोलेको सुनाइन्।
लगत्तै अर्को कोठामा रहेकी महिला पुगेर हेर्दा ओछ्यानमै दुई जना मृत भेटिए। टीकारामकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र १० वर्षका छोरा आयुष गुरुङको शरीरमा कुनै चोट देखिँदैनथ्यो। घरमुली ३५ वर्षीय टीकाराम गुरुङ झुण्डिएको अवस्थामा मृत फेला परे।
त्यसपछि गाउँमा हल्लाखल्ला भयो। गाउँले जम्मा भएर हेरेपछि प्रहरीलाई खबर गरे। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाको नेतृत्वमा टोली पुग्यो। घटनास्थल हेर्दा टीकारामले श्रीमती र छोराको हत्या गरेर आफूले आत्महत्या गरेको देखिने एसपी कोइरालाले बताए।
‘घटनास्थलको प्रारम्भिक अनुसन्धानले टीकारामले श्रीमती र छोराको हत्या गरेर पछि आफूले आत्महत्या गरेको हाम्रो अनुमान छ। तीन जनाकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको छ। पोष्टमार्टम हुँदैछ, अन्य कारण भए थाहा होला’, एसपी कोइरालाले घटनास्थलबाट फर्किएपछि भने।
टीकारामले अत्याधिक रक्सी पिउने र परिवारमा झगडा हुने गरेको खुलेको छ। प्रहरीका अनुसार यसअघि पनि सोही कारण यो परिवारमा पटक पटक झगडा हुने गरेको प्रहरीले बताएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments