
धनकुटाकी मनमायाले ७३ वर्षमा पाइन नेपाली नागरिकता
- माघ २१, २०८० मा प्रकाशित

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ कागुनेकी शारिरिक रुपमा अशक्त मनमाया लिम्बूले ७३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छन् ।बोल्न नसक्ने र प्यारालाइसिस भएकी उनले नागरिकता नबनेकै कारण सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य विमाको सुविधा पनि नपाएको बेला वडाध्यक्ष गोविन्द लिम्बूको अगुवाइमा नागरिकता प्राप्त गरेकी हुन् ।
वडाध्यक्ष लिम्बू, वडासचिव चन्द्रप्रकाश सुवेदी र भदैनी बुहारीले उनलाई एम्बुलेन्समा राखेर नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय धनकुटामा ल्याएका थिए । तेस्रो प्रयासमा मनमायाले नागरिकता पाउँदा खुसी लागेको वडाध्यक्ष लिम्बूले बताए । नागरिकताका लागि तीनपटक जिल्ला प्रशासन कार्यालय धाउनु परेको उनले बताए ।
गत मंसिर ८ गते बसेको वडा समितिको बैठकले नागरिकताविहीनलाई नागरिक दिलाउन सर्भे गर्ने निर्णय गरेको थियो । सर्भेका क्रममा मनमायाले नागरिकता नपाएको खुलेको थियो । वडासचिव सुवेदीले उनको घरमै पुगेर सबै कागजपत्र बनाइ दिएका थिए ।नागरिकता बनेपछि मनमायालाई घरैसम्म एम्बुलेन्सबाट पुर्याउने प्रबन्ध गरिएको वडासचिव सुवेदीले बताए ।
पटक–पटक टोली जाँदा पनि उनको शारीरिक र आर्थिक अवस्था कमजोर भएका कारण नागरिकता बन्न सकेको थिएन ।प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वडा कार्यालयबाट आएको सर्जिमिन मुचुल्का र सिफारिसमा भएका विवरणमा केही फरक देखिएकाले नागरिकता प्रदान गर्न ढिलाइ भएको बताए । अशक्त रहेकी उनलेकागजपत्रमा ल्याप्चेसमेत लगाउन सकेकी थिइनन् । भदैनी बुहारी पवित्रा लिम्बूले उनको हात समाएर ल्याप्चे लगाइदिएकी थिइन् । मनमायाँलाई भदा पदमबहादुर लिम्बूले पालनपोषण गरिरहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments