
द्वारिकलाललाई गठबन्धनबाटै धाेका : कांग्रेसिले भाेट कता खसाले ? दिपेन्द्र बागी बन्दा एमालेका रेवतीले निकाले जित
- मंसिर ९, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी क्षेत्र नं २ क प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको मत गणना सकिदा नेकपा एमालेका रेवतीरमण भण्डारी बिजइ घोषित भएका छन । बिजयी भण्डारीले १४ हजार ५ सय ३८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रीक बाम गठबन्धन अन्तरगत माओवादि केन्द्रका द्वारिकालाल चौधरीले ११ हजार ८ सय ४५ मतप्राप्त गरे ।
चौधरीलाइ २६ सय ८० मतान्तरले पछि पार्दै भण्डारीले फराकिलो जित निकाले । तेश्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टिका मोहनबहादुर खत्रीले ९ हजार ३ सय २२ र चौथो स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेले ३ हजार २ सय ८ मत पाए ।थारू जातिको सिंगल भोटकै आधारमा चुनाव जित्ने आकलन सहित निर्वाचनमा होमिएका द्वारिकालाल अन्तत निकटतम प्रतिद्वन्दि रेवतीरमण भण्डारीसंग फराकिलो मतान्तर सहित पराजित बने ।
एमालेलाइ हराउन ५ वटा दल मिसिएर बनेको लोकतान्त्रीक बाम गठबन्धन सुनसरीमा भने फेल भएको देखिएको छ । यसको जलन्त उदाहरण यो मत परिणामले पनि देखाइसकेको छ । सुनसरी २ क मा पनि द्वारिकालाललाइ हराउन गठबन्धन नै अग्रस्थानमा देखिएको छ । चौधरीको ब्याक्तिगत इगोका कारण कांग्रेसका कार्यकर्ताहरूले हसिया हथौडामा हाल्ने भोट दिपेन्द्रको रिक्सा र मोहनको हलोमा खसालेका छन ।
यता नेपाली कांग्रेसबाट बिद्रोह गरी बागि उठेका दिपेन्द्रले पाएको मत आफैमा अप्रत्यासित छ । उनले आफ्नो क्षेत्रबाट चाहे भन्दा बढि मत ल्याएका छन । उनको बागि उम्मेद्वारी एमालेकोलागि जित निकाल्ने सुनौलो अवसर बनेको छ । हुन त सुनसरी २ एमालेको लाल किल्ला भनेर पनि मानिन्छ ।
यस क्षेत्रमा अहिले सम्म भएको निर्वाचनहरूमा एमालेले नै जित्दै आएको छ । माओवादि द्वन्दकाल पश्चात २०६४ साल चैत्र २४ गते सम्पन्न संबिधानसभा निर्वाचनमा पनि सुनसरी २ले एमालेकै नेतृत्व पाएको थियो । सो पश्चात २०७० मंसिर ४ गते सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि यो क्षेत्रबाट एमालेले नै जित हाशिल गरेको थियो भने अहिले सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा पनि एमाले उम्मेद्वार नै बिजयी बनेका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments