
दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लबलाई
- भाद्र ११, २०८१ मा प्रकाशित

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो । सगरमाथा युथ क्लबलाई उपाधिका लागि खेलको तीन मिनेटमै विजय भुजेलले गरेको गोल नै निर्णायक बन्यो ।
विजेता मोरङले नगद रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टिमलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायतले पुरस्कार वितरण गरे । उपविजेता सलहेस युथ क्लब सिरहाले नगद रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त पुरस्कार कोशी प्रदेशसभा सदस्यहरू तिलकुमार मेन्याङ्बो, खगेनसिं हाङ्गाम, निर्मला तावालगायतले हस्तान्तरण गरे ।
सगरमाथाले घरेलु टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ गोल अन्तरले र सलहेस युथ क्लबले विर्तामोड युनाइटेड फुटबल क्लब झापालाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।
प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, भारत सिलगढीको कञ्चनजङ्घा फुटबल क्लबसहित आठ टिम सहभागी थिए । लाखेजात्राका अवसरमा भदौ ३ गतेदेखि प्रतियोगिता शुभारम्भ भएको थियो । हरेक वर्ष लाखेजात्राका अवसरमा आयोजना हुँँदै आएको प्रतियोगिताले खेल पर्यटनको विकाससँगै जिल्लाको पहिचान थप बलियो हुँदै गएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments