
देश र जनता बचाउन धरानवासी जागे , भिआइपीहरूको सेवा सुविधा खारेज गर भन्दै निस्किए सडकमा
- असार ३१, २०७९ मा प्रकाशित
इटहरी । नेपाल बसोबास बस्ती संरक्षण समाजले सुनसरीको धरानबाट देश र जनता बचाउ अभियान सुरु गरेको छ । धरानको भानुचौकमा भिआइपीहरूको सेवा सुविधा खारेज गर, देश र जनतालाई माया गर भन्ने नाराका साथ मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, राष्ट्रपतिदेखि प्रधानमन्त्रीलगायत सबै भिभिआइपी भिआइपीहरूको अनावश्यक सेवासुबिधा खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेको हो ।
समाजले साथमा साथ मिलाएर अघि बढौँ बेतिथिको अन्त्य गरौँ, देशलाई श्रीलंका हुनबाट बचाऔँ भन्दै समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले देशमा जनताले थेग्नै नसक्ने गरी मूल्यवृद्धि भएको बताए । अब भिआइपी, भिभिआइपीहरूले पनि सरकारी सेवा सुविधा नलिई आम जनता जस्तै सार्वजनिक सवारी साधनमा चढेर कार्यालय जानुपर्ने उनको भनाइ थियो ।
जति नै मूल्यवृद्धि भएपनि ठुलाबडा भिआइपी, भिभिआइपीहरूलाई कुनै असर नपर्ने, जनताले तिरेको करबाट सरकारी सेवा सुविधाको उपभोग गर्ने भएकोले देश र जनता बचाउ अभियान सुरु गरेको समाजको भनाइ छ । दैनिक देशव्यापी समाजले प्रदर्शन गर्ने पनि अध्यक्ष कार्कीले जानकारी दिए ।
एक हप्ता सम्म प्रदर्शन गर्ने र त्यसपछि पनि समाजको मागको सम्बोधन भएन भने देशव्यापी रुपमा सरकारी सेतो नम्बर प्लेटका सवारी साधन सडकमा गुड्न नदिने रोक्नेसम्मको कार्यक्रम समाजले तय गरेको छ । देशलाई श्रीलंका हुनबाट सचेत गराउन र बचाउनका लागि खबरदारी राज्य, सरकार र नेताहरूलाई खबरदारी गरिएको समाजको भनाइ छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments