
देउरालीलाई प्रथम पौवादुङमा गोल्डकपको उपाधि
- माघ १०, २०८० मा प्रकाशित
भोजपुर । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ । अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो । जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ ।
यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गरे भने थप एक गोल सुवास तामाङले गरे । उता आम्तेक ११ का लागि दुवै गोल निशान लिम्बूले गरे ।देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।
उत्कृष्ट खेलाडी देउरालीकै विवेक राई, उत्कृष्ट गोलरक्षक देउरालीका चरी लिम्बू, उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भएको आयोजक समितिका सचिव देउमान राईले बताए । त्यस्तै उत्कृष्ट मिडफिल्डर आम्तेक–११ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक–११ का निशान लिम्बूले प्राप्त गरेको पौवादुङमा गोल्डकप तथा माघीमेला कार्यक्रम–२०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए ।
विजेता तथा उपविजेता बन्ने समूहलाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकाससँगै युवा, बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्डकप प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुगेको अध्यक्ष राईको भनाइ छ ।
‘गाउँपालिकाको आर्थिक व्यवस्थापनमा हामीले प्रथम पौवादुङमा गोल्डकपसँगै माघीमेला सञ्चालन गरेका हौँ’, अध्यक्षर राईले भने, ‘प्रतियोगिताले खेलक्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । यस्ता प्रतियोगिता मामार्फत खेलक्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो ।’ पौवादुङमा रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments