
दूधको मूल्य बढाउन सरकारलाई माघ मसान्तसम्मको अल्टिमेटम
- माघ २८, २०७९ मा प्रकाशित
काठमाडाैं । दूग्ध व्यवसायीले दूधको मूल्य बढाउन सरकारलाई माघ मसान्तसम्मको अल्टिमेटम दिएका छन्।पछिल्लो समय हरेक दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ लगायतमा २० देखि ३० प्रतिशतसम्म मूल्यवृद्धि हुँदा पनि किसानले पाउने दूधको मूल्य वृद्धि हुन नसकेको भन्दै व्यवसायी विरोधमा उत्रेका हुन्।केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको अगुवाइमा भएको कार्यक्रममा उद्योगी व्यवसायीले माघ महिनाभरमा दूधको मूल्य नबढाए आफैं बढाउने चेतावनी दिएका छन्।
संघको अनुरोधमा शुक्रबार ३६ जिल्लामा आन्दोलनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको संघका महासचिव राम आचार्यले जानकारी दिए। शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव आचार्यले दूधको मूल्यवृद्धि विषयमा प्रधानमन्त्री, विषयगत मन्त्रालय तथा बोर्डमा पनि आफूहरुले छलफल गरिसके तापनि यसबारेमा अझै निर्णय हुन नसकेको बताए।
अन्य सबै चिजवस्तुमा २० देखि ३० प्रतिशतसम्म मूल्यवृद्धि भइसक्दा समेत दूधको मूल्य यथावत रहनु, पशु आहार, औषधि, सबै महँगो हुनुले किसानहरुको अवस्था दयनीय हुँदै गएको उनको भनाई छ। उनले ललितपुर जिल्लामा दैनिक ७० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको तर किसानको हक अधिकार, सहुलियतका विषयमा सम्बन्धित निकायले वास्ता नगर्दा कृषकहरु पेसाबाट नै पलायन हुनुपर्ने जोखिम बढेको बताए।
साथै किसानको अवस्था सुधार गर्नका लागि सरकारले दिने ऋण ५ वर्षे अवधिबाट कम्तीमा १५ देखि २० वर्ष बढाउनुपर्ने र ऋण तथा सहुलियत रकमको दायरा बढाउनुपर्ने उनको भनाई छ। ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले दक्षिण पहाडी ललितपुर लगायत जिल्लाभारबता उत्पादन हुने दूधबाट वार्षिक करिब २ अरब रुपैयाँ शहरबाट किसानसम्म पुग्ने बताए।
संघले शनिबार एनडीए, डीआईए तथा, डेरी उद्योगी तथा ठुला व्यवसायीसँग छलफल समेत गर्दैछ। फागुन १ गतेसम्म पनि सरकारले दूधको मूल्य बढाउने निर्णय नगरे आफूहरु नै अवस्था हेरेर मूल्य बढाउने निर्णय गर्ने तथा थप आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गर्ने संघले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments