
दुलारी बचत तथा सहकारीले १५ वटा कार्यक्रम सहित रजतजयन्ती मनाउने
- कार्तिक २५, २०७९ मा प्रकाशित
इटहरी । मोरङको सुन्दरहरैचा ३ गछिया स्थित दुलारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औ वार्षिकोत्सवको अवसरमा बिभिन्न १५ वटा कार्यक्रमहरू गरी मनाउने भएको छ । शुक्रबार सहकारीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी सञ्चालक समितीले १५ वटा कार्यक्रमहरू गरी रजत जयन्ती मनाउने जानकारी दिएको हो ।
कार्यक्रमहरू १५ वटा भएपनि रजत जयन्ती संस्थाले वर्षभरी मनाउने पनि पत्रकार सम्मेलनमा जानकारी गराएको छ । १७ सय शेयर सदस्य रहेको दुलारी बचत तथा ऋण सहकारी संस्थाले कार्तीक २५ गते देखि २०८० असार १५ सम्म बिभिन्न चरणका कार्यक्रमहरू गरी रजत जयन्ती मनाउने भएको हो ।
स्थापना कालदेखि यहा सम्म आइपुग्दा सहकारीले थुप्रै बाधा ब्यवधानहरू पार गर्दै सफलता हाशिल गरेको खुशियालीमा पनि रजतजयन्तीलाइ भब्यताकासाथ सम्पन्न गराउन सबै टिम कटिबद्ध भएर लागि परेको संस्थाका अध्यक्ष हेमन्त कार्कीले बताए ।
सहकारीले आगाी मंसिर २४ गते बाल बचतकर्ता सम्मान हुदै २०८० असार १५ मा सार्वजनिक स्थानहरूमा बृक्षारोपण गरी रजतजयन्ती कार्यक्रम सम्पन्न गर्नेछ । उक्त कार्यक्रम अवधीभर संस्थामा करीब ४ हजार दर्शक तथा अवलोकनकर्ता रहने जनाइएको छ । रजत जयन्ती कार्यक्रम अवधिभर करीब ५ लाख खर्च हुने प्रारम्भीक अनुमान गरिएको छ ।२०५४ सालमा स्थापना भएको यस सहकारीले हाल २० करोड रूपैयाको वासलात लिएर अघि बढेको पनि जनाइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments