
दुलारी बचतमा पुनःकार्की , अधिवेशनमा कर्मचारी देखि बचतकर्तासम्मलाइ सम्मान
- आश्विन ३१, २०७९ मा प्रकाशित
इटहरी । मोरगंको सुन्दरहरैचामा रहेको दुलारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अधिवेशनले पुनः हेमन्त कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत रुपमा सम्पन्न अधिवेशनले नयाँ कार्य समितिको उपाध्यक्षमा पुष्पप्रसाद ढकाल सचिवमा कृष्णप्रसाद भुर्तेल कोषाध्यक्षमा राजेन्द्र कार्की सहसचिवमा केदारप्रसाद पौडेललाई चयन गरेको हो ।
त्यसै गरी सदस्यहरुमा रिमा ढकाल,तुलसा बस्नेत ,रेनुका कार्की ,अशोक कार्की ,हिरण्यप्रसाद पौडेल र धु्रव निरौला रहेका छन । दुलारी बचत तथा ऋण सहकारीको २४औं वार्षिक साधारण सभा तथा अधिवेशन उदघाटन कार्यक्रममा सहकारीका अध्यक्ष हेमन्त कार्कीको अध्यक्षता तथा १ नम्बर प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष हरिप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा भएको थियो ।

उद्घाटन सत्रमा अध्यक्षको मन्तव्यका क्रममा अध्यक्ष कार्कीले वि.स.२०५४सालमा ३८ जना शेयर सदस्यहरुबाट सहकारी स्थापना गरिएको र हाल सहकारीमा एक हजार पाँच सय ५६ जना शेयर सदस्य पुगेको जानकारी गराए । त्यसै गरी हाल सस्थाको शेयर पुँजी दुई करोड ४२लाख ४६ हजार पुगेको समेत अध्यक्षले वताए । साधारण सभाका अवसरमा सहकारीका कोषाध्यक्ष रामबोल फुयालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बार्षिक साधारण सभाको अवसरमा एसईईमा उत्कृष्ट शेयर सदस्यका सन्तती , माध्यमिक परिक्षामा उत्कृष्ट हुने शेयर सदस्यका सन्तती , जेष्ठ शेयर सदस्य , जेष्ठ अभिभावक सदस्य लगायतलाइ सम्मान गरियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरगंका उमेश गुरुङ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments