
दुर्गा प्रसाईंको खोजी जारी छ, छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक
- चैत्र १५, २०८१ मा प्रकाशित

इटहरी । गृहमन्त्री रमेश लेखकले फरार रहेका दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्ने बताएका छन् । शुक्रबार राजावादीले गरेको ओन्दोलनको घटनास्थलमा अनुगमनपछि मन्त्री लेखकले भने, ‘दुर्गा प्रसाईंको खोजी जारी छ । उहाँ चाँढै पक्राउ पर्नु हुन्छ ।’
अनुसन्धान र छानबिनले के देखाउँछ त्यहीअनुसार कारबाही हुने उनले बताए । ‘यदि, यो देशमा लोकतन्त्र रहेन भने यसैगरी आक्रमण हुन्छ’, लेखकले भने । मन्त्री लेखकले शुक्रबार भएको घटनाबारे गम्भीरतापूर्वक छानबिन हुने बताए । प्रहरीले अहिलेसम्म दुर्गा प्रसाईंका गुरु पुष्कर खतिवडा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायतलाई पक्राउ गरिसकेको छ ।
सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । उनले भने, ‘तपाईहरुलाई दुःख र पीडा भयो यो एकदमै अपराधिक काम हो । यो कुनै राजनीतिक कुरा होइन, राजनीतिक दर्शन, चेतनाको कुरा होइन, नितान्त अपराधिक काम हो । यसको लागि सरकारले आवश्यक कारबाही गर्छ र सञ्चार गृह लगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौँ ।’ यस्तै, उनले सञ्चार एउटा महत्वपूर्ण अंग भएको हुँदा यसलाई ध्वस्त गर्ने कोशिस लोकतन्त्रकै विरुद्धको गतिविधि भएको भन्दै यसलाई गम्भिरता पूर्वक लिने बताए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments