
दुबईमा एक पाकिस्तानीले गरे २ भारतीयको हत्या
- बैशाख ३, २०८२ मा प्रकाशित

एजेन्सी । दुबईमा एक पाकिस्तानी नागरिकले दुई भारतीयको हत्या गरेका छन्।नवभारत टाइम्सका अनुसार यही अप्रिल ११ मा दुबईको मोडर्न बेकरी एलएलसीमा काम गर्ने क्रममा अष्टपु प्रेम सागर र श्रीनिवासको हत्या गरिएको हो। उनीहरू भारत तेलंगनाका बासिन्दा थिए। आक्रमणकारी पाकिस्तानी नागरिकले दुवैलाई मार्दै गर्दा ठूलो स्वरमा धार्मिक नारा लगाएका थिए। साथै पाकिस्तान जिन्दावाद पनि भनेका थिए।घटनापछि वरपरका क्षेत्रमा त्रास फैलिएको थियो।
तेलंगानाका दुवै मृतकका परिवार स्तब्ध भएका छन्। उनीहरू अब शवको प्रतीक्षामा छन्। प्रक्रिया छिटो बनाउन भारतीय दूतावासमार्फत दुबई प्रहरीलाई अनुरोध गरिएको छ।अष्टपु प्रेम सागर निर्मल जिल्लाका थिए भने श्रीनिवास निजामाबाद जिल्लाका थिए। परिवारले अष्टपु र श्रीनिवासको हत्या भारतीय र हिन्दु भएकाले गरिएको आरोप लगाएको छ।हत्यारा पाकिस्तानी नागरिक भएको बताइएको छ। ऊ दुवै जनासँग एउटै बेकरीमा काम गर्थ्यो।
प्रेमसागरका भाइ सन्दीपले सामान्य विवादपछि हत्या गरिएको बताए। भारतबाट आएको र हिन्दु भएकै कारण उनीहरू मारिएको दाबी सन्दीपले गरेका छन्। उनले भने, ‘हामी न्यायका लागि अपिल गर्छौं र सरकारबाट सहयोगको अपेक्षा गर्छौं।’
दोस्रो छोरीको अनुहार पनि हेर्न पाएनन्
प्रेमसागर साढे दुई वर्षअघि दुबई गएका थिए। उनले एक आफन्तमार्फत जागिरको बारेमा थाहा पाएका थिए। त्यतिबेला उनकी श्रीमती प्रमिला गर्भवती थिइन्। उनकी जेठी छोरी अहिले ९ वर्षकी भइन्। तर दोस्रो छोरी उनले देख्नै पाएनन्। यो घटनाले सिंगो गाउँमा शोकमा डुबेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments