
दुई नक्कली चिकित्सक पक्राउ
- बैशाख १४, २०७९ मा प्रकाशित
इटहरीः मोरङका दुई छुट्टाछुट्टै स्थानबाट २ जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि ईजाजत पत्र प्राप्त नगरेका ब्यक्तिहरूले क्लिनिक संचालन गरी चेकाजाँच समेत गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बैशाख १२ गते २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १ मा रहेको श्री राम पाईल्स क्लिनिकका संचालक भारत दार्जिलिङ रानिगन्ज पानसालीका २७ बर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा नगरपालिका ३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका संचालक भारत दार्जिलिङ देवीगन्ज ग्रामपन्चायतका २९ बर्षीय सनोड मण्डल रहेका छन् । उनीहरुले बिगत केही समय देखी आफु चिकित्सक भएको बताउँदै अबैध रुपमा क्लिनिक संचालन गर्दे आएका थिए ।
यसरी अबैध रुपमा क्लिनिक संचालन गरी आम नागरीकहरुको स्वास्थ्यमा खेलवाड गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उपचारमा प्रयोग गरिएको सामाग्री सहित पक्राउ गरेको तथा मेडिकल काउन्सिलसँग समन्वय गरी ईलाज सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments