
दुई दशकपछि जयनन्द लामाको नयाँ लोकगीत ‘महाभार लेकको जंगलमा’
- माघ २६, २०७८ मा प्रकाशित
काठमाडौं: लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि मौलिक लोकगीत ‘महाभार लेकको जंगलमा याला’ दर्शकमाझ ल्याएका छन् । उनले आप्mनै युट्यबमार्पmत गीत सार्वजनिक गरेका हुन् ।
गायक लामाकै शब्द र संगीत रहेको लोकगीतमा दीपा लामा, बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशीकला मोक्तान र अञ्जु थोकरको पनि स्वर सुन्न सकिन्छ । गीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको छ ।
ल्होसारको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा कलात्मक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ । इन्द्र गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोमा ह्योल्मो, दाब फिन्जो तामाङ, बाबु जिम्बा, श्याममाया गुरुङ, सकु तामाङ फिचर्ड छन् ।
सेवा फिल्म्स्को दृश्य निर्माण र सुरेन्द्र थिङको निर्माणमा बनेको म्युजिक भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन बाबु जिम्बाले गरेका छन् । गायक लामाले आफूले झन्डै ४० वर्षअघि संकलन गरेको गीत गाएको बताए । ‘यो पहाडी र हिमाली शृंखलाको बीचमा बस्ने सम्पूर्ण नेपालीको पूरानो र मौलिक परम्परागत गीत हो’, जयनन्दले भने, ‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाडपर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो ।’
पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामाले लोकगीत, दोहोरीगीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन् । गायक लामा पछिल्लो समयमा फिल्मी अभिनयमा व्यस्त छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments