
दिनै टिकटक लाइभमा भेटिन्छन इटहरीका मेयर हेमकर्ण : गुनासाे सुन्ने देखि र सुझाव लिने र दिने सम्म
- फाल्गुन २५, २०७९ मा प्रकाशित
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल आज भाेली दैनिक जसाे सामाजिक सञ्जाल टिकटकमा देखिन र भेटिन थालेका छन । कार्यालय समय सकिएपछि रात छिपिदै गर्दा उनलाइ सधैजसाे टिकटक लाइभमा देखिने र भेटिने गरेकाे छ । नगरको कामका बारेमा उनले टिकटक मार्फत सुझाव लिन र दिन थालेका हुन् ।उनले टिकटक मार्फतनै जनताकाे गुनासाे सुन्ने र सकेसम्म आँफैँ उपस्थिती भएर समस्याकाे सामधान समेत गर्ने गरेका छन ।
टिकटक लाइभले एकातिर युवाहरूलाई उपमहानगरपालिकासँग जोडेको छ । पौडेलले पनि युवाहरूको नयाँ योजना सुन्ने र विभिन्न ठाउँहरूको समस्या बुझ्ने मौका पाएकाे बताउछन ।(सुचना पाेर्टल) इटहरीको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा नगरवासीहरू र त्यसमा पनि युवाहरूको सहभागिता जुटाउन टिकटक राम्रो प्लाटफर्म रहेको पौडेलले बताए ।
‘नगरवासीसँग सिधा सञ्चार गर्न र विचार अनि समस्या बुझ्न सजिलो भएको छ’, उनी भन्छन्, ‘सुरुमा त टिकटक लाइभमा बसेर चलाउन गाह्रो हुन्थ्यो । पछि विस्तारै सिकेँ । अब त दिनचर्या नै बन्यो ।’मेयर जस्ताे गरिमामय पदकाे जिम्मेवार ब्याक्तित्व दैनिक जसाे टिकटककाे लाइभमा देखिन थालेपछि धेरै जसाेले सामाजिक सञ्जालमा सकरात्मक प्रतिक्रिया दिएका छन भने थाेरैले चर्चा आउन मात्रै यस्ताे काम गरेकाे उल्लेख गर्खै आएका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments