
दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई
- चैत्र २, २०७९ मा प्रकाशित
खोटाङ । खोटाङ फुटबल एकेडेमी ९केएफए०ले दिक्तेलमा आयोजना गरेको चाँैथो संस्करको ‘दिक्तेल मेयर कप अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा मङ्गलबार सम्पन्न फाइनल खेलमा माटिकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३–१ ले हराउँदै नेर्पाले चौँथो संस्करणको उपाधि उचालेको हो । प्रतियोगिताका उपाधि विजेता नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद रु एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको माटिकारे सामाजिक सेवा समाजले नगद रु ६२ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्ताको उपाधि नेर्पाका विकी राई, उत्कृष्ठ खेलाडीको उपाधि माटकोरेका दीपक खत्री, उत्कृष्ठ गोलरक्षकको उपाधि माटिकोरेकै नवीन पोखरेल र उदयमान खेलाडीको उपाधि केएफएका रोहन परियारले प्राप्त गरेका छन् ।
उनीहरुलाई जनही नगद रु पाँच÷पाँच हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका अध्यक्ष नुरकाजी सैंजुले जानकारी दिनुभएको छ । विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले नगद तथा पुरस्कार हस्तान्तरण गर्नुभएको छ ।
यही फागुन–२७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्ला आठवटा क्लबले सहभागिता जनाएको आयोजक केएफएका प्रशिक्षण विभाग प्रमुख एवम् कोषाध्यक्ष रोपेश श्रेष्ठले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगितामा साकेला फुटबल क्लब रतन्छालाई ४–३ गोल अन्तरले हराउँदै नेर्पा तथा आयोजक केएफएलाई १–० ले हराउँदै माटिकोरे सामाजिक सेवा समाज फाइनल प्रवेश गरेको थियो । ‘खोटाङको पहिचान खेलकुदको अभियान’ भन्ने नाराका साथमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख तीर्थराज भट्टराईले गर्नुभएको थियो ।
दिक्तेललाई कार्यक्षेत्र बनाएर २०७३ सालमा स्थापना गरिएको केएफएले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघि आयोजित दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि योङ ब्वाइज फुटबल क्लब दिक्तेलले उचालेको थियो ।
यसैबीच, प्रतियोगिता समापनको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र जिल्ला फुटबल सङ्घ खोटाङबीच आयोजित मैत्रीपूर्ण खेलमा जिल्ला फुटबल सङ्घ विजयी भएको छ । रोमञ्चकारी प्रतिस्पर्धा भएको मैत्रीपूर्ण खेलमा १–० ले जिल्ला फुटबल सङ्घ विजयी भएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments