
दिक्तेलबाट काठमाडौं आउँदै गरेको सुमो काभ्रेमा तोडफोड
- पुष २५, २०८१ मा प्रकाशित

दिक्तेल । दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमो काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा तोडफोड भएको छ । बीपी राजमार्ग अन्तर्गत पात्लेखेतमा विपरीत दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरूले बाटो नछोडेको भन्दै तुवाचुङ मारातिका यातायात प्रालि खोटाङको ना १ज ६१७२ नम्बरको टाटा सुमोमा ढुंगामुढासहित तोडफोड गरेका हुन् ।
घटनापछि सार्वजनिक भिडियो क्लिपका आधारमा यात्रु लिएर काठमाडौं जाँदै गरेको सुमो तोडफोड गर्ने नौ जनालाई अहिले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।
‘घटना बेलुकाको हो । पक्राउ परेकाहरूलाई कार्यालय ल्याउन ढिला भयो । अहिले अनुसन्धान भइरहेको छ’, उनले भने, ‘अनुसन्धानपछि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’ गत असोज १० र ११ गतेको अविरल वर्षाका कारण रोशीखोला आसपासमा गएको पहिरोले क्षतिग्रस्त बनेको उक्त सडकखण्ड अहिले साँघुरो छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments