
दाेश्राे अल्टिट्युड रनिङ कप : सबै तयारी सकियाे , बिजेतालाई नगद रू २ लाख संगै १५ तोला चाँदीको शिल्ड
- फाल्गुन ५, २०८१ मा प्रकाशित

इटहरी । सुनसरीकाे रामधुनीमा आगामी फागुन ९ गते देखि दोश्रो अल्टिट्युड रनिङ्ग कप फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अन्तरगत सबै तयारी सकिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । इटहरीको एक होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अल्टिट्युड क्लब इटहरीका अध्यक्ष पीताम्बर तिम्सिनाले खेलको सबै तयारी सकिएको बताए ।
सुनसरीको रामधुनी नगरपालिका ७ पञ्चायन खेल मैदानमा हुने प्रतियोगितामा नेपालका १० चर्चित क्लबहरूले भाग लिने छन । खेलको समुदघाटन समारोहलाइ कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले उदघाटन र सम्बोधन गर्ने छन । प्प्ररतियोगीतामा आयोजक अल्टिट्युड क्लब सहित ब्एँ पकली, कोशी प्रदेश प्रहरी टिम , लेटाङ फुटवल क्लब मोरङ ,बेतना युनाइटेड क्लब मोरङ , पानवारी फुटवल क्लब सुनसरी , चित्लाङ फुटवल क्लब काठमाडौ , च्क्ष्ँऋ काठमाडौं , तालतलैया फुटवल क्लब सुनसरी , ब्रदर कलेक्सन केरावारीले सहभागी जनाएका छन ।
प्रतियोगितामा बिजेता हुने समुहलाइ नगद दुई लाख २२ हजार, १५ तोला चाँदीको शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उपबिजेता समुहलाइ नगद एक लाख ११ हजार,ट्रफि,मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक अल्टिट्युड क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाले बताए । पूर्वमा अनेकौ सम्भावना भएर पनि गुमनाम रहेका पर्यटकिय क्षेत्रहरूको प्रचार प्रचार संगै प्रवर्दन गर्ने उद्येश्य सहित यो प्रतियोगिता गरिएको अध्यक्ष तिम्सिनाले बताए ।
गत वर्ष एक हजार बढी बिरूवा रोपेर इटहरी १९ ब्रहमपुरमा पहिलो संस्करण सम्पन्न गरेको फुटवल प्रतियोगीता यो पटक रामधुनी नगरपालिका ७ पञ्चायन खेल मैदानमा हुने भएको हो । फागुन ९ देखि १७ गते सम्म सञ्चालन हुने यस प्रतियोगिताले त्यस क्षेत्रमा रहेका पर्यटकिय स्थलको प्रचार प्रसार र प्रवर्दनमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments